back
CTIZAN AD

कोरोना संक्रमणबाट रुपन्देहीमा तीनजनाको मृत्यु

वि.सं.२०७७ असोज १५ बिहीवार

705 

shares

१५ असोज, रुपन्देही । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा रुपन्देहीमा मात्रै ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका १ बेलहियाका ६५ वर्षीय पुरुषको आज उपचारकै क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार सोमबार अस्पताल भर्ना भएका उनमा परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । उनमा निमोनियाको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी रुपन्देहीको कोटियामाई वडा नं ८का ४२ वर्षीय पुरुषको बुधबार बेलुका ६ बजे मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा बुधबार दिउँसो भर्ना भएका उनको उपचारका क्रममा बेलुका ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल आएका उनको कोरोना रिर्पोट पोजेटिभ आएको थियो ।

रुपन्देहीकै बुटवल उपमहानगरपालिका वडा नं ८ का ८० वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ ।

गत १२ असोजमा कोरोना संक्रमण देखिएपछि कोरोना अस्थायी विशेष अस्पतालमा भर्ना भएका उनमा ज्वरो, श्वास प्रश्वासमा समस्या र उच्च रक्तचापको समस्या देखिएपछि सघन उपचार कक्षमा राखेर उपचार गर्ने क्रममा बुधबार राति ११ः३५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार १५:४७ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...