धनुषा – जनकपुधाम उपमहानगरपालिका वडा नं. १३ का कार्यालय सहयोगी दिलिप कुमार पंजियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २४ हजार घुस सहित नियन्त्रणमा लिएको छ ।
नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए बापत सेवाग्राहिसँग घुस लिएको अवस्थामा रकम सहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । पंजियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
वि.सं.२०७७ असोज १५ बिहीवार १५:४९ मा प्रकाशित





























