back
CTIZAN AD

सिंचाई विभागका ईन्जिनियर शुरेश कुमार शर्मामाथी ३ करोड गैह्र कानुनी सम्पत्ती आर्जन गरेको मुद्दा दायर

वि.सं.२०७७ असोज १५ बिहीवार

843 

shares

काठमाडाैं – जलस्रोत तथा सिंचाई विभाग ललितपुरका सि.डि.ई. सुरेश कुमार शर्मा विरुद्ध ३ करोड ६ लाख ५४ हजार ९ सय ३२ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप पत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विज्ञप्ति जारी गर्दै ईन्जिनियर शर्माले जागिरको अवधिमा खरिद गरेको चल अचल सम्पत्ति, विद्यमान सम्पत्ति र खर्च लगानीहरुको स्रोत नखुलेको आम्दानीको अनुपातमा नखुलेको जनाएको छ ।

आयोगले ईन्जिनियर शर्माको अवैध देखिन आएको सम्पत्ति र श्रीमती बबिता फुयाल शर्माको नाममा रहेका सम्पत्ति तथा खर्च एवं लगानीको बिगो र सोबाट बढेबढाएको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा (६ग), दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख। बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र श्रीमती बबिता फुयाल शर्मालाई प्रतिवादी कायम गरी सम्पत्तिहरु जफत गरिपाउन समेतको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको जनाएको छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार १७:२९ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...