back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा असोज १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १५ बिहीवार

648 

shares

१५ असोज काठमाण्डौं । नेपालमा विहिबार ( १५ असोज ) सम्म पिसीआर प्रविधिबाट १० लाख ३३ हजार ९४७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२,४४४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २१,८३० रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १०,७६१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ११,०६९ जना रहेका छन् ।

हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ५,०७७ रहेको छ ।

आज थपिएका १९११ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ भने आज निको भएर ९६१ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ५७ हजार ३८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका ११ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २२० जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २० जना, प्रदेश २ मा १८ जना, बागमती प्रदेशमा १०८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं ५ मा ५२ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा २२० रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा ३ जना, बागमती प्रदेशमा १९ जना र प्रदेश ५ मा ३ जना गरी जम्मा २५ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ८ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मनाङ, मुस्ताङ र डोल्पा गरी ३ जिल्ला रहेका छन् ।

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज उपत्यकामा ९४३ सहित देशैभरी १९११ संक्रमित
नेपालमा आज काठमाडौं उपत्यकाका ९४३ जनासहित देशैभरी १९११ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा आज एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा ३, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ४, ताप्लेजुङ र भोजपुरमा १\१ जना, मोरङमा १०५ र सुनसरीमा ६६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १९, पर्सामा २८, बारामा १४, महोत्तरीमा १६, रौतहटमा ४, सप्तरीमा १६ र सर्लाहीमा ५ र सिराहामा ३९ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ८१७, काभ्रेपलान्चोकमा १७, चितवनमा ८६, दोलखामा ३, धादिङमा १७, नुवाकोटमा १०, भक्तपुरमा ५८, मकवानपुरमा १७, रामेछापमा ६, ललितपुरमा ६८, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा ४ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा ५, तनहुँमा ८, नवलपरासीपुर्वमा १४, पर्वतमा २, लमजुङमा २, बाग्लुङमा १४ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ९, नवलपरासीमा १०, बर्दियामा ४, बाँकेमा ३०, रुकुमपुर्वमा ५ र रुपन्देहीमा ९१ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा ७, जुम्लामा ३७, दैलेखमा २, मुगुमा २, रुकुमपश्चिममा ३ र सल्यानमा ३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा २४, कैलालीमा १६१, डडेल्धुरामा १, बझाङमा २ र बैतडीमा ४ जना गरी आज देशैभरी १९११ जना संक्रमित थपिएका छन् ।

उनीहरुमा ६२८ महिला र १२८३ जना पुरुष रहेका छन् । आज थपिएका १९११ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

आज ९६१ निको भएसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५७ हजार नाघ्यो
नेपालमा आज पनि ९६१ संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत तथा होम आइसोलसनमा रहेका ९६१ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।
आज निको भएका ९६१ सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ५१२४, प्रदेश २ मा १३,८९८, बागमती प्रदेशमा १६,०९०, गण्डकी प्रदेशमा ३,३७९ प्रदेश नं ५ मा ८,९११, कर्णाली प्रदेशमा २,९६८ र सुदूरपश्चिम प्रदेशमा ७,०१९ जना गरी हालसम्म जम्मा ५७ हजार ३८९ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ५५६,प्रदेश २ मा १८३, बागमती प्रदेशमा ५०९, गण्डकी प्रदेशमा ६४१, प्रदेश नं ५ मा ११६४, कर्णाली प्रदेशमा ६६० र सुदूरपश्चिम प्रदेशमा १३६४ गरी जम्मा ५०७७ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा ४१३, प्रदेश २ मा ५९२, बागमती प्रदेशमा ७,६८८, गण्डकी प्रदेशमा ४८१, प्रदेश नं ५ मा ८६३, कर्णाली प्रदेशमा ३३६ र सुदूरपश्चिम प्रदेशमा ३८८ गरी जम्मा १०,७६१ विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार गराइरहेका छन् ।

होम आइसोलेशनमा
प्रदेश १ मा १६००, प्रदेश २ मा ५८३, बागमती प्रदेशमा ६६४७, गण्डकी प्रदेशमा ५३२, प्रदेश नं ५ मा १२८१, कर्णाली प्रदेशमा २६५ र सुदूरपश्चिम प्रदेशमा १६१ जना गरी जम्मा ११,०६९ जना होम आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो
१५ असोज काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । आज ६ जिल्लाका १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज सुनसरीका ५६, ५० र २७ वर्षीय ३ पुरुष, काठमाडौंका ७८ र ६८, वर्षीय २ पुरुष, भक्तपुरका ६८ वर्षीय र ललितपुरका ४८ वर्षीय, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय ३ पुरुष र बाँकेकी ३४ वर्षीया महिला गरी ११ जनाको मृत्यु भएको हो ।

आज थपिएका ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६५ प्रतिशत हो ।

यस्तो छ नेपालमा असोज १४ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १५ बिहीवार १७:३५ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...