back
CTIZAN AD

कारागारहरु कोरोनाको उच्च जोखिममा रहेको आयोगको भनाई

वि.सं.२०७७ असोज १७ शनिवार

615 

shares

 अनुगमनका क्रममा सिराहा कारागारमा रहेका ५९२ कैदीबन्दीमध्ये ५१९ जना कोरोना सङ्क्रमित भएको र बाँकी रोग नलागेका ७५ जनालाई जोगाउन आइसोलेसनमा राखिएको अनौठो एंव डरलाग्दो अवस्था समेत भेटिएको उनको भनाइ छ ।

१७ असोज । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण कैदी बन्दीहरुको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली आज कास्की पुगेको छ ।

पूर्वको इलामबाट कारागारको स्थलगत अनुगमन शुरु गरेको सो टोली झापा, सुनसरी, सिराहा, जुम्ला, कैलाली, कञ्चनपुर र सुर्खेतहुँदै कास्की पुगेको हो । अनुगमनका क्रममा कारागारहरुमा कोरोनाको जोखिम उच्च पाइएको आयोगका सदस्य सुदिप पाठकले जानकारी दिए । “कारागारहरुमा क्षमताको दुई सय प्रतिशतभन्दा बढी कैदीवन्दी राखिएको अवस्था छ” उनले भने, “यस्तो व्यवस्थापनमा कोरोना सङ्क्रमणको उच्च जोखिममा कारागार रहेको छ ।”

मुलुकका झण्डै ८० प्रतिशत कारागारका भौतिक संरचना बन्दी राख्नै नहुने अवस्थाका रहेको उल्लेख गर्दै सदस्य पाठकले जीर्ण संरचना एंव क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी रहँदा सामाजिक दूरीलगायत स्वास्थ्य मापदण्ड कायम गर्न पनि असहज देखिएको उनले बताए । “अधिकांश कारागारमा आइसोलेसन र क्वारेन्टिन बनाएको देखिएन”, उनले भने, “मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, आवश्यक्ता अनुसार हात धुने ब्यबस्था वा सेनिटाइजरको प्रयोग गर्ने वातावरण कारागारको भौतिक अवस्थाका कारण हुन सकेको छैन ।”

सदस्य पाठकले संविधानले कारागार र कैदीवन्दीका बारेमा स्थलगत अनुगमन गरेर सरकारलाई आवश्यक सुधार गर्न सिफारिस गर्न आयोगलाई जिम्मेवारी दिएको उल्लेख गर्दै मुलुकका ७१ जिल्लाका कारागारको स्थलगत निरीक्षण गरी २४ हजारभन्दा बढी कैदीबन्दीको अवस्थाबारेमा प्रतिवेदन तयार पारेर असोज २८ गते सरकारलाई बुझाउने कार्यक्रम रहेको जानकारी दिए । अनुगमनका क्रममा सिराहा कारागारमा रहेका ५९२ कैदीबन्दीमध्ये ५१९ जना कोरोना सङ्क्रमित भएको र बाँकी रोग नलागेका ७५ जनालाई जोगाउन आइसोलेसनमा राखिएको अनौठो एंव डरलाग्दो अवस्था समेत भेटिएको उनको भनाइ छ ।

उनका अनुसार अनुगमनका क्रममा आयोगले कैदीको अवस्था कस्तो छ ? सामाजिक दूरी कायम गर्ने वातावरण छ कि छैन ? कारागार भित्र सङ्क्रमितलाई राख्ने आइसोलेसन छ कि छैन ? सङ्क्रमितसँगको सम्पर्कमा रहेका तथा वयानमा गएकाहरुलाई फर्किएपछि उनीहरुलाई राख्नका लागि क्वारेन्टिन छ कि छैन ? , कारागारमा रहेकाहरुले मास्क र सेनिटाइजरको प्रयोग गर्छन् कि गर्दैनन् ? गर्दैनन् भने त्यसको कारण के हो लगायतबारे बुझ्ने गरेको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय र त्यसको प्रमुखका हैसियतले प्रमुख जिल्ला अधिकारीले कारागारको अवस्था सुधारका लागि के प्रयास गरिरहेका छन् ? थुनुवाहरुको वयान लिदा सरकारी वकिलहरुले कस्तो सावधानी र सतर्कता अप्नाएका छन् ? थुनुवाको अवस्था कस्तो छ ? बार र बेञ्चबीचको समन्वय यो बेला कस्तो छ ? भन्नेलगायत बारेमा पनि जानकारी लिने गरिएको छ ।

सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की कारागारमा प्रशासनले उच्च सतर्कता अपनाएको कारण अहिलेसम्म कैदीबन्दीमा कोरोना सङ्क्रमण नदेखिएको बताए ।

कास्की कारागारका जेलर केशव लामिछानेका अनुसार चार सय २० क्षमताको कारागारमा ९३८ जनालाई राखिएका छन् । कारागारका तीन वटा ब्लकमध्ये एउटा महिला र दुई वटा पुरुष ब्लक बनाएर राख्ने गरिएको छ । केन्द्रीय कारागार विभागको निर्देशन अनुसार कैदीबन्दीका आफन्तजन सँगको भेटघाट बन्द गरिनुका साथै आफन्तले ल्याएको विभिन्न सामग्री र नगद समेत सेनिटाइज गरेर २४ घण्टापछि मात्र सम्बन्धित व्यक्तिलाई दिइने गरिएको उनले बताए । कारागारभित्र आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापनसमेत गरिएको उनको भनाइ छ ।

सदस्य सुदीप पाठकको नेतत्वको सो टोलीमा आयोगका अधिकृत तथा निर्देशकसहित पाँच जना, आयोगका गण्डकी प्रदेश प्रमुख दिपकजङ्ग कार्की, पुनरावेदन अदालत बार एसोसिएसनका अध्यक्ष रोहीत बास्तोला, जिल्ला प्रहरी कार्यालयका प्रमुख जीवनकुमार श्रेष्ठ र सञ्चारकर्मी हरि बास्तोलालगायतको सहभागिता थियो ।(रासस)

वि.सं.२०७७ असोज १७ शनिवार १८:३९ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...