back
CTIZAN AD

तपाईको आज (आइतबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ असोज १८ आइतवार

726 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ । शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

वृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ । अनियन्त्रित खर्च हुनाले मन पिरोलिन सक्छ। प्रयत्न गर्दा यात्राको साइत भने जुर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् । जोखिम हुने काममा अघि नसर्नुहोला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजाले हौसला जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ । आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुने समय छ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ । व्यवसायमा फाइदा हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विगतका कमजोरी बाहिर आउनाले केही समस्या देखापर्नेछन् । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ । तर नतिजा कमजोर देखिनाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप बढ्नेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउला । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । आफन्तसँग असमझदारी एवं पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ । स्वास्थ्य कमजोर रहनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । आस मारेको नतिजा समेत सकारात्मक हुन सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धेरै बोल्दा समस्या आउन सक्छ । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला ।

वि.सं. २०७७ असोज १८ आइतवार (इ.स. २०२० अक्टोबर ४)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (शनिबार) को राशिफल भन्छ आज यी राशिकाले दिनुपर्नेछ विशेष ध्यान

वि.सं.२०७७ असोज १८ आइतवार ०७:२१ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...