back
CTIZAN AD

मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई राहत हस्तान्तरण

वि.सं.२०७७ असोज १७ शनिवार

819 

shares

स्याङ्जा – भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमार अर्यालले केही दिन अघी आएको अबिरल वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत बितरण गरेकी छन् ।

मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका, १४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गरेकी हुन् । राहत हस्तान्तरण गर्दै मन्त्री अर्यालले स्वर्गीय माया नेपालीका छोरा भोजराज र छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पिडा आफूले महशुस गरेको बताइन ।

मृतकका छोरा र छोरीको अभिभावक सरकार रहेको बताउदै मन्त्री अर्यालले मनिषाको शिक्षाका लागी आफुले व्यवस्था गर्ने र अभिभावक समेत आफु रहेको बताइन । पहिरो पिडित भोजराजको बस्ने घर नै पहिरोले पुरेपछि अहिले नजिकैको विद्यालयमा काजक्रियामा रहेका छन् । पिडितको घर सरकारले बनाइँदिने भन्दै मन्त्री अर्यालले पहिरो पिडित र विस्थापित परिवारको आवास निर्माणका लागी सरकारले व्यवस्था गर्ने बताइन ।

अर्यालको माइती गाउँ वालिङ नगरपालिका, १४ तमादीमै पुगेर १० लाख २० हजार प्रदान गरेकी हुन। राहत रकम नेपाल सरकारको तर्फबाट ७ लाख र मन्त्रालयको पहलमा ३ लाख रकम मन्त्रीले प्रदान गरेकी हुन । असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो ।
यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका, ४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गरेकी छन् ।

मन्त्री अर्यालले असोज ८ गते मृत्यु भएका १७ वर्षिय बिष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गरिन । यसैगरी उनले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५र५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरेकी छन् ।
यसैगरी गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई संहकारी संघका तर्फबाट २०र२० हजार र बिस्थापित चार परिवारलाई १५र१५ हजार राहत मन्त्री अर्यालले प्रदान गरेकी हुन ।

राहत प्रदान गर्दै मन्त्री अर्यालले मृतक परिवार र बिस्तापित परिवारलाई माया गर्दै आवश्यक सहयोग गर्न सबैलाई आग्रह गरिन। पहिरोले प्रभावित परिवारको घर निर्माण गर्न सरकार इट्टा बन्ने बताउँदै मन्त्री अर्यालले सरकार सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने बताइन। ‘तपाईहरु सबैले पहिरोबाट पीडित हुनुभएका दाजुभाइदिदीबहिनीहरुलाई सहयोग गर्नुस । सरकार तपाइहरुको साथमा छ । जग्गा नभएकाहरुलाई जग्गा खोजेर नै सरकारले घर बनाईदिन्छु,’ मन्त्री अर्यालले भनिन ।

वि.सं.२०७७ असोज १७ शनिवार १८:२५ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...