back
CTIZAN AD

लेक लागेर एक युवकको मृत्यु

वि.सं.२०७७ असोज १८ आइतवार

978 

shares

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर घुम्न गएका खाँदबारी नगरपालिका –१ का २४ वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको शिवधारा पुगेर फर्कने क्रममा बाटैमा स्वास्थ्य समस्या देखिएको थियो । उनको शुक्रबार राति सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी खाँदबारी –३ का सुशील कार्कीले जानकारी दिए । सदरमुकाम खाँदबारीबाट यही असोज १२ गते सात युवाको टोली बेस क्याम्पतर्फ लागेको थियो ।

टोली शिवधारा दर्शन गरिसकेर मकालु बेस क्याम्प जाँदै गर्दा बाटैमा स्वास्थ्य समस्या देखिएपछि याङ्लेखर्कभन्दा केही तलको एक होटलमा उनलाई राखिएको यात्रामा सहभागी कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले श्रेष्ठको लेक लागेर शुक्रबार राति सुतेकै स्थानमा मृत्यु भएको हुन सक्ने बताए । श्रेष्ठको शव लिन मकालु बेस क्याम्प उडेको हेलिकप्टर खराब मौसमका कारण नै रोकिएको थियो ।

शनिबार घटनास्थलतर्फ उडेको हेलिकप्टर आज बिहान मात्रै शव लिएर सदरमुकाम खाँदबारी आइपुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । रासस

वि.सं.२०७७ असोज १८ आइतवार १६:०६ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...