back
CTIZAN AD

मदिरा सेवन गर्ने जनप्रतिनिधि भेटिएमा दोब्बर कारवाही

वि.सं.२०७७ असोज १८ आइतवार

918 

shares

काभ्रेपलाञ्चोक । चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही गरिने भएको छ । दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसारमा जुटेको गाउँपालिकाले हरेक कार्यक्रममा ‘मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही’ को सन्देशसमेत दिइरहेको छ ।

कार्यविधिमा गाउँपालिकाभित्र व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने जनाइएको हो । कार्यविधिको गाउँपालिकाका विभिन्न स्थानमा लगातार एक हप्ता चेतनामूलक कार्यक्रम गरिने अध्यक्ष दिननाथ गौतमले बताए । “कार्यविधिको प्रचारप्रसारसँगै जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही हुने सन्देश दिइरहेका छौँ”, उनले बताए । उनका अनुसार कार्यविधिमा जनप्रतिनिधिलाई दोब्बर कारवाहीबारे उल्लेख नगरे पनि सेवन गरेको भेटिए कार्यविधिमा तोकिएको जरिवाना÷सजाय दोब्बर गरिनेछ ।

गाउँपालिकाले कार्यविधि प्रचारप्रसारको काम शनिबारदेखि थालेको हो । गौतमले भने, “आउँदो शुक्रबारसम्म कार्यविधिको प्रचारमा हुन्छौँ, सबै कार्यक्रममा जनप्रतिनिधि सामेल गराइएको छ ।” आव २०७७÷७८ को नीति तथा कार्यक्रममा व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने गाउँसभाले पारित गरेको थियो । कार्यविधिमा गाउँपालिकाभित्र मदिरा बिक्री–वितरण गर्ने र ढुवानीसमेत गर्नेलाई चरणबद्ध कारवाही गरिने उल्लेख छ ।

गौतमका अनुसार मदिरा बेचविखन तथा ओसारपसार गरेको सूचना प्राप्त भई सम्बन्धित अधिकारवाला निकायले छापामारी चेक गर्दा प्राप्त मदिरा सबै बरामद गरी नष्ट गर्ने र त्यसको मूल्य बराबरमा दोब्बर जरिवाना गरिनेछ । पहिलो पटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रो पटक रु २० हजार जरिवाना गरिने जनाइएको छ । सोभन्दा बढी पटक गरेको पाइएमा तेस्रो पटक गरिएको जरिवानाभन्दा दोब्बर गरिने कार्यविधिमा उल्लेख छ ।

“उल्लेखित कारवाही पश्चात पनि अटेर गरेमा सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाउन सिफारिस गरिनेछ”, गौतमले बताए। उनका अनुसार मदिरा सेवन गरी हो–हल्ला गर्ने, खान दिने र खानेलाई समेत कारवाहीको दायरामा ल्याइनेछ । विभिन्न जाति, आदिवासी जनजातिको रितीरिवाज, संस्कार र संस्कृतिलाई कार्यविधिले कुनै असर नगर्ने गाउँपालिकाले जनाएको छ । रासस

वि.सं.२०७७ असोज १८ आइतवार १६:१४ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...