back
CTIZAN AD

नयाँ उपकुलपतिको आगमनसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालयको गतिविधि सुचारु

वि.सं.२०७७ असोज १९ सोमवार

1.8K 

shares

१९ असोज, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ उपकुलपतिको आगमनसँग विश्वविद्यालयमा केहि सुधारको संकेत देखिएको छ । लामो समयसम्म बन्द हडतालका कारण अस्तव्यस्त भएको विश्वविद्यालयमा गत वर्ष कार्तिकबाट रोकिएका परिक्षाफल प्रकाशित भएका छन् भने अन्य शैक्षिक तथा प्रशासनिक गतिविधि सुचारु भएका छन् ।

नेपाल सरकारबाट नियुक्ति पाइ कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति भएका प्रा. डा. पुण्यप्रसाद रेग्मीको शुक्रवार पदभार ग्रहण कार्यक्रमसँगै लामो समय ठप्प रहेको विश्वविद्यालयका सम्पूर्ण गतिविधि सुचारु भएको छ ।

शुक्रवार औपचारिक कार्यक्रममा विश्वविद्यालयका सबै प्राध्यापक, कर्मचारी तथा उपस्थित विद्यार्थीहरुले निकै ठूलो चुनौतिको जिम्मेवारी लिएर रामपुरमा आएकोमा प्रा. डा. रेग्मीलाइ बधाइ तथा स्वागत गरेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य दिँदै उपकुलपति रेग्मीले ‘सातवटै प्रदेश मध्ये सबैभन्दा कमजोर प्रदेशलाई पहिलो बनाउने उद्देश्यका साथ काम गर्दै गर्दाको अनुभव लिएर कृषि तथा वन विज्ञान विश्वविद्यालयको जिम्मेवारीमा आएको” बताए ।

उपकुलपति रेग्मी विश्वभरका कृषि तथा वन सम्बन्धित विश्वविद्यालयहरुको तुलनामा यसको स्थितिमा व्यापक सुधारको खाँचो रहेको छ, प्राध्यापक, कर्मचारी र विद्यार्थी सबै मिलेर मात्र त्यो सम्भव भएकाले हाल बन्द रहेको विश्वविद्यालयलाई सुचारु गर्न आन्दोलतरत कर्मचारीहरुसँग विशेष जोड दिए । विश्वविद्यालय जस्तो क्षेत्र बन्द हुनु भनेको विश्वभर राम्रो सन्देश जाँदैन, त्यसलाइ सुचारु गरौं । त्यस पश्चात सम्पूर्णलाई अवसर नै अवसर हुने उनको भनाइ रहेको छ । प्रा. डा. रेग्मी यसअघि कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्ष रहेका थिए ।

आइतवार देखि विश्वविद्यालय पूर्णरुपमा सुचारु भएसँगै उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मीले मातहतका डिन, आंगिक कलेजका प्रिन्सिपल, प्रशासनका कर्मचारी सबैसँग भेटघाट पनि तिव्र गरेका छन् । प्राध्यापक र कर्मचारीका सबै समस्या डिन र आंगिक कलेजका प्राचार्य कै तहबाट हल हुनुपर्ने हुँदा इमान्दारीपूर्वक लाग्न उनले विशेष निर्देशन दिएका छन् । विश्वविद्यालयको उपकुलपति र केन्द्रिय कार्यालयले नीतिगत समस्या देखिएमा मात्र हस्तक्षेप गर्ने हुँदा त्यस बाहेकका सम्पूर्ण गतिविधि मातहतका कार्यलयले समाधान गर्नुपर्ने उनले बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएसँगै निकै शान्त रुपमा चलिरहेको थियो । तर केही शक्तिको इशारामा एक्कासी नीजि सम्बन्धनको प्रकृया सुरु भयो । विद्यार्थीहरु तरंगीत भए र बन्द हड्तालले चरम स्वरुप लिएको हो । सम्बन्धनको मुद्धा अदालतमा पुगेसँग दुइवर्ष देखिन् त्यसकारण विश्वविद्यालय अवरुद्ध नभए पनि त्यसपश्चात विभिन्न कारणले विभिन्न कारणले विश्वविद्यालय, संकाय र आंगिक कलेजहरु बन्द भइरहेका देखिन्छन् । नवनियुक्त उपकुलपतिको स्वागतको क्रममा आफ्नो कार्यानुभव सुनाउँदै निवर्तमान कायममुकायम उपकुलपति प्रा. डा. शारदा थपलियाले १३ महिनाको कार्याकालमा २ महिना त पूर्णरुपमा केन्द्रिय कार्यालय बन्द भएकाले काम गर्न नपाएको अनुभव सार्वजनिक रुपमा स्विकारेका थिए । उनले कार्यकाल हस्तान्तरण गर्दैगर्दा पनि विश्वविद्यालय पूर्णरुपमा ठप्प रहेको र उपकुलपति रेग्मीलाई स्वागत गर्न मात्र हल र उपकुलपतिको कार्यकक्ष आन्दोलनकारीले खोलेका थिए ।

वि.सं.२०७७ असोज १९ सोमवार ०९:१६ मा प्रकाशित

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...