काठमाडौं । नेपाली कांग्रेसका यूवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. गोविन्द केसीका कुन माग जनहित विपरीत छ भन्दै प्रश्न तेर्साएका छन् । उनले प्रधानमन्त्री ओलीलाई कुन माग पुरा गर्न सकिन्न त्यसको जवाफ दिन माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीज्यू,डा।गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुनेरगर्न नसकिने छ रु कुन माग जनहित विपरीत छन् ?’
थापाले गरिएका सम्झौता पालना नगर्दा नै पुनः केसी आन्दोलनमा बसेको कुरा सम्झाएका छन् । उनले केसीसँग संवाद नै गर्दिन भन्ने हठ राखेर मान बढ्छ भन्दै ओलीलाई प्रश्न तेर्साएका छन् ।
‘तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ? थापाले प्रश्न गरेका छन्, ‘ डा।केसीसँग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ ?’
थापाले केसीका सबै माग तत्काल पुरा गर्न र अनसन छुटाउन सरकारसँग माग गरेका छन् । उनले ओलीलाई सत्याग्रहप्रति वेवास्ता गरिए त्यसको मुल्य चुकाउनु पर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्। यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।तर,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ। प्रमज्यू ,ख्याल राख्नुहोला,यदि डा।केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो।’
डा. गोविन्द केसी गत २२ दिनदेखि अनसनमा छन् । उनले यसअघि सम्झौता भएका तर पुरा नभएका केही मागहरु पुरा गर्नुपर्ने माग अगाडि सारेका छन् । २२ दिनदेखिको केसीको मागमा सरकारले भने मौनता देखाएको छ । जसको चौतर्फी विरोध हुन थालेको छ ।
वि.सं.२०७७ असोज १९ सोमवार १३:०७ मा प्रकाशित





























