back
CTIZAN AD

ओली सरकारको यात्रा कता ? समाजवाद कि फासीवाद ?

वि.सं.२०७७ असोज १९ सोमवार

807 

shares

ओलीतन्त्रका लक्षणहरु

देशमा कम्युनिष्ट नामको सरकार छ । नामको कम्युनिष्ट सरकारले भन्दा समाजवाद उन्मुख व्यवस्था चलाइरहेको छ । तर, जनताको पक्षमा सरकारको भूमिका हिसाब गर्दा ‘जनपक्षीय’ नभई ‘जनविरोधी’ छ । जसको कारण यो सरकार कम्युनिष्टको नाममा कलंक बनेको छ । धेरै विश्लेषकहरुले भनेका छन् – सरकारका नेतृत्वकर्ता केपी शर्मा ओली र सत्तारुढ दलका नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रष्ट संसदीय व्यवस्थाका हिमायती बनेका छन् । उनीहरु भ्रष्ट व्यवस्थाको जर्गेना गर्नसक्रिय छन् ।

आजभन्दा केही वर्ष पहिला एकथरी संसदीय कम्युनिष्टहरुले भन्थे–संसदमा दुई तिहाई बहुमत प्राप्त गरी संविधान संशोधन गर्ने प्रावधानअनुसार शान्तिपूर्णं रुपमा समाजवादमा संक्रमण गर्न सकिन्छ । आज संसदमा ओली–दाहाल नेतृत्वमा रहेको पार्टीको दुई तिहाई बहुमत छ तर, सरकार र पार्टीको हवीगत छर्लङ्गै भएको छ । हामीले तथ्यहरुलाई हेर्यौं भने सरकारी नेकपा अन्धकारमा हिंडेको छ र दिशाविहिन छ ।

सरकारी नेकपासँग न त राष्ट्रिय स्वाधिनताका लागि कुनै दृष्टिकोण छ, न त जनताको अधिकारका लागि । यदि सरकारी नेकपासँग संसदीय व्यवस्थालाई बदल्ने आँट भएको भए यो एउटा उत्कृष्ट अवसर पनि थियो । सरकारी नेकपा र त्यसका नेताद्वय ओली–दाहाल गठबन्धनसँग एउटै दृष्टिकोण छ, त्यो हो चुनावदेखि चुनावसम्म, सरकारदेखि सरकारसम्म र नातावाददेखि कृपावादसम्म । आज उनीहरुको लडाईं गुटगत भागवण्डामा केन्द्रित बनेको छ । पार्टी मरेको छ र गुट मौलाएको छ । स्पष्टै छ, यो संसदीय व्यवस्था ओली, दाहाल र देउवाको विर्ता भएको छ । उनीहरु राजाजस्तै नमरुन्जेल नेता, अध्यक्ष वा सभापति र प्रधानमन्त्री बनी रहन्छन् । यो स्पष्टै छ, ओली नमरुन्जेल अर्को अध्यक्ष वा प्रधानमन्त्री फेरिने छैन । र, ओलीको विकल्प दाहाल, नेपाल वा देउवा मात्रै हुनेछन् ।

दुई तिहाईको कम्युनिष्ट नामको सरकारले अहिले जनतालाई एउटा पनि राहत दिन सकेको छैन् । तर, उसले करको नाममा जनतालाई शोषण गर्ने काममा भने फड्को मारेको छ । यो लेखमा ओली तन्त्रमा देखिएका फासीवादी लक्षणहरुका बारेमा केही विमर्श गर्ने उद्देश्य राखिएको छ ।

सरकारी नेकपासँग न त राष्ट्रिय स्वाधिनताका लागि कुनै दृष्टिकोण छ, न त जनताको अधिकारका लागि । यदि सरकारी नेकपासँग संसदीय व्यवस्थालाई बदल्ने आँट भएको भए यो एउटा उत्कृष्ट अवसर पनि थियो ।

जनमत प्रयोग फासीवादतिर

आजको युगमा फासीवादको जन्म चुनावबाटै हुन्छ । ओली सरकारले हरेक गलत वा राष्ट्रघाती अनि जनघाती निर्णयहरु दुई तिहाईको नारामा गरेको छ । आज पुँजीवादले चुनावकै माध्यमबाट संसारभरि निरंकुश र फासीवादी शासकहरु जन्माउँदैछ । त्यसकारण कुरा स्पष्टै छ, ओली र दाहालको गठबन्धन संसदीय फासीवादका लागि थियो । क. विप्लव र प्रकाण्डको शब्दमा त्यो व्यवस्था ‘सामाजिक फासीवाद’ थियो ।

जनताले ओली र दाहाललाई प्रश्न गरेका छन्, के दुई तिहाई बहुमत केवल राष्ट्रघात, जनघात र मनपरी तन्त्रका लागि थियो ? वास्तवमा संसदीय व्यवस्थाले जनमतको दुरुपयोग मात्र गर्दछ । जनमत पनि वास्तविक हुँदैन र त्यो कपटपूर्णं हुन्छ । आज सरकारी नेकपामा विचार र दृष्टिकोणको अन्त्य भएको छ । देशलाई झन पछि झन विदेशीहरुको गुलाम बनाईदैछ । यसको निष्कर्ष हो चुनावमाथि टेकेर ओली सरकार फासीवादी बन्दैछ ।

संस्थागत र नीतिगत भ्रष्टाचार

फासीवादी शासकले भ्रष्टाचारको सन्दर्भमा दोहोरो रणनीति तय गर्दछन् । उनीहरुकाे बाहिरी नारा हुन्छ, भ्रष्टाचारमा शुन्य शहनशीलता । तर, उनीहरुको मुख्य रणनीति हुन्छ –‘संस्थागत र नीतिगत भ्रष्टाचार ।’

हामीलाई थाहा छ, प्रधानमन्त्री केपी ओलीका सबै निकटस्थहरु भ्रष्टाचारमा चुर्लुम्बै डुबेका छन् । ७० करोडको अडियो टेप काण्डमा फसेका गोकुल बाँस्कोटा, यति काण्डमा फसेका ईश्वर पोख्रेल, स्वास्थ्य सामाग्री खरीद प्रकरणमा फसेका भानुभक्त ढकाल र बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेल चुर्लुम्मै परे । केपी ओलीले भ्रष्टाचारविरुद्वको अभियान चलाएको भए उनका निकटस्थहरु नै भ्रष्टाचारमा डुब्न सक्थे ? यसबाट स्पष्ट हुन्छ, ओलीको उद्देश्य निकटस्थहरुलाई धनी बनाउने र देशलाई टाट पल्टाउने छ ।

एउटा प्रश्न गर्न सकिन्छ, के केपी ओलीले आफुँ आएपछि प्रति व्यक्तिमा थपिएको विदेशी ऋण स्पष्ट बनाउन सक्छन् ? तथ्यहरुबाट स्पष्ट हुन्छ, ओलीतन्त्र नीतिगत र संस्थागत भ्रष्टाचारमा डुबेको छ । उनले अदालत, अख्तियार, संवैधानिक आयोग, संसद र आफ्नै पार्टीलाई समेत अधिनायकवादी डण्डा बर्साइरहेका छन् । ओलीतन्त्रको सबै गलत क्रियाकलापहरुको साक्षी बन्न विवश छन् सम्पूर्णं निकायहरु ।

प्रधानमन्त्री केपी ओलीका सबै निकटस्थहरु भ्रष्टाचारमा चुर्लुम्बै डुबेका छन् । केपी ओलीले भ्रष्टाचारविरुद्वको अभियान चलाएको भए उनका निकटस्थहरु नै भ्रष्टाचारमा डुब्न सक्थे ? यसबाट स्पष्ट हुन्छ, ओलीको उद्देश्य निकटस्थहरुलाई धनी बनाउने र देशलाई टाट पल्टाउने छ ।

दुष्प्रचार वा प्रोपोगाण्डा

सबै फासीवादी शासकहरुले दुष्प्रचारको नीति अंगीकार गर्दछन् । उनीहरुका समाचारहरु झुटा हुन्छन् । केपी ओलीको एउटा नारा हेरौं न, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । पुष्पकमल दाहालको नारा हेरौं न, ‘राजनीतिक क्रान्ति पुरा भयो अब पालो आर्थिक क्रान्ति पालाको ।’

अझ अगाडि बढेर ओलीले नारा दिएका छन्, ‘पूर्व–पश्चिम, उत्तर–दक्षिण रेल, काठमाडौं मेट्रो रेल, पानीजहाज, घरघरमा पाइपबाट ग्याँस’ आदि । प्रधानमन्त्री ओलीले भनीरहन्छन्, ‘मास्क लगाउनु पर्दैन्’ अर्थात काठमाडौं धुलो रहित छ । उनी भनिरहन्छन्, ‘आज कोही पनि नेपाली खान नपाएर भोकै मर्नु पर्दैन ।’ अघाएका कार्यकर्ता र समर्थकले यही कुरालाई सत्य ठाने ।

असत्य र अबौद्धिक

फासीवादी शासकहरुले सत्यलाई फुटाउने गर्दछन् । उनीहरु थुप्रै षडयन्त्रकारी सिद्वान्तहरुको विकास गर्दछन् । ओलीले पनि त्यहि पथ पछ्याउँदै तथ्यहरुलाई तोडमतोड गर्दै प्रचार गरेका छन् ।  उदाहरणका लागि महाकाली सन्धी पारीत गर्दा त्यसबाट देशले खरबौं आम्दानी गर्ने बताएका थिए । अहिले एमसीसी सम्झौता विषय त्यस्तै झुट बोल्दै छन् । ओलीले भन्दैछन्, ‘एमसीसीले देशलाई समृद्ध बनाउँछ ।’ फासीवादी शासकको उद्देश्य हुन्छ – अशिक्षित र उत्पीडितहरुमा भ्रम सिर्जना गर्ने । आज ओलीको सत्ता बुद्धिजीविहरुमा माझ गन्हाएको छ तर, दलाल र अशिक्षितहरुमा भ्रम छ ।

कानूनी राज्यको नारा

वास्तवमा शासकहरुले सधैं लगाउने नारा हो –‘कानूनी राज्य ।’ सरकारको विरोध गर्नूलाई फासीवादी सत्ताले अपराधको संज्ञा दिन्छ । कानून त उसको लागि विरोधीहरुलाई तह लगाउने साधन मात्र हुन्छ । आज संविधान र कानूनको कुनै पनि सीमाभन्दा माथि को छन् ? प्रधानमन्त्री, राष्ट्रपति र नेताहरु कानूनभन्दा माथि हुन्छन् भन्ने सन्देश प्रवाह गरीएको छ । ओलीतन्त्रको गायत्री मन्त्र छ, ‘म बाँचुन्जेल म र मेरो गुटले शासन गर्नुपर्छ ।’ आज ओली गुटका मान्छेलाई कुनै कानून लाग्दैन । शान्ति–सुरक्षा शासकहरुको साझा नारा हो ।

राष्ट्रवादको नाममा राष्ट्रघात

केपि ओलीले पटक–पटक राष्ट्रियताको नारा लगाए । ओलीको नक्सा राजनीति निकै लोकप्रिय पनि बन्यो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्यो । तर, अहिले के भयो ? शिक्षा मन्त्रालयअन्तर्गत तयार गरिएको नयाँ नक्शासहितको पाठ्यपुस्तक वितरणमा स्वयं प्रधानमन्त्रीको हस्तक्षेपमा रोक लगाईयो । हिजो आफैं नक्सा जारी गर्ने र आज त्यो नक्सासहितको पुस्तक वितरणमा किन रोक ? आखिर नक्सा र पुस्तकमा तात्वीक के फरक थियो ?

जनताले हिजो पनि आशंका गरेकै थिए, उनी भारतसँग बार्गेनिङ्गको लागि नक्साको नक्साको प्रयोग गरेका थिए । आज उनी पछाडि हट्दैछन् । उनी सत्ता जोगाउनका लागि भारत र अमेरिकासँग आत्मसमर्पण गरिरहेका छन् । एमसीसीका लागि त उनी मरीहत्ते गरिरहेका छन् र त्यो संसदबाट अनुमोदनका लागि गम्भीर षडयन्त्र गरीरहेका छन् ।

फासीवादी शासकहरुले सत्यलाई फुटाउने गर्दछन् । उनीहरु थुप्रै षडयन्त्रकारी सिद्वान्तहरुको विकास गर्दछन् । ओलीले पनि त्यहि पथ पछ्याउँदै तथ्यहरुलाई तोडमतोड गर्दै प्रचार गरेका छन् ।  उदाहरणका लागि महाकाली सन्धी पारीत गर्दा त्यसबाट देशले खरबौं आम्दानी गर्ने बताएका थिए । अहिले एमसीसी सम्झौता विषय त्यस्तै झुट बोल्दै छन् । ओलीले भन्दैछन्, ‘एमसीसीले देशलाई समृद्ध बनाउँछ ।’

गुमराहको सिद्वान्त

सरकारी नेकपाले हरेक विषयमा जनतालाई गुमराहमा राखेका छन् । पहिलो त उनीहरुले पार्टीको नाम कम्युनिष्ट राखेर गुमराहमा पारेका छन् । दोस्रो समाजवाद भनेर जनतालाई झुक्काई रहेका छन् । तेस्रो नेताहरुको वर्ग उत्थान कसरी भयो भन्ने तथ्यहरु सार्वजनिक गरेका छैनन् । हिजो चप्पल लगाएर हिंड्ने अनि गोल्ड स्टार जुत्ता लगाएर हिंड्नेहरु कसरी रातारात अरबपती र खरबपती बने भन्ने प्रश्नको जवाफ दिएका छैनन् । मन्त्री, प्रधानमन्त्री हुँदा बुझाएका सम्पत्ति विवरणको आधारमा उनीहरुको सम्पत्ति छानविन हुनुपर्छ । उनीहरु आफैंले बुझाएको सम्पत्ति विवरणले उनीहरुलाई भ्रष्ट प्रमाणित गर्दछ । तर, छानविन गर्ने निकाय नै छैन् । त्यसकारण उनीहरु टिक्ने एउटै सिद्वान्त छ, गुमराहको सिद्वान्त ।

नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध

२०७५ फाल्गुण २८ देखि लगाएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध अहिलेसम्म पनि जारी छ । प्रतिबन्धको औचित्य पुष्टी हुन सकेन । प्रतिबन्धको निर्णय गर्दा लगाइएका आरोपहरु मिथ्या थिए भन्ने प्रमाणित भयो । ओलीतन्त्रको विशेषता हामीलाई थाहा भएकै कुरा थियो, षडयन्त्र, छलछाम, धोका, गद्वारी, निषेध, पूर्वाग्रह अनि नरसंहार वा हत्या उनका मुख्य अस्त्रहरु हुन् । उनी निषेधको राजनीति गर्दछन् ।

हरेक फासीवादी शासकले विरोधीहरुलाई निषेध गर्दछ । २०७५ फाल्गुण २८ पछिका घटनाक्रम सम्झ्यौं भने, ओली सरकारले नेपाल कम्युनिष्ट पार्टीलाई सिध्याउन एक महिने अल्टीमेटम दिएका थिए । उनीहरुले विप्लव र प्रकाण्डलाई सिध्याउने घोषणा गरेका थिए । उनीहरुले इन्काउन्टरको अभ्यास पनि गरे । फासीवादको प्रतिरोध गर्ने क्रममा एक दर्जन व्यक्तिहरुको बलिदान पनि भएको छ ।

हामीलाई थाहा छ, सरकारी नेकपामा हिजो जनयुद्व लडेका नेताहरु पनि छन् र राष्ट्रवादी नेताहरु पनि छन् । तर, प्रतिबन्धका विरुद्व आवाज उठाउने आँट कसैले गरेनन् । यसबाट स्पष्ट हुन्छ, त्यहाँ मुर्दा शान्ति छ । निरंकुश तन्त्रसँग लडेकाहरु ओलीसँग लड्न सकेनन् । लड्न त के बोल्न पनि सकेनन् । प्रतिबन्धको निर्णय ओली र दाहालको साझा ईच्छा थियो । एउटा विश्लेषण छ, अमेरिकी ईशारामा अनी दाहाललाई खुसी बनाउका लागि यो निर्णय गरिएको थियो ।

आजको युगमा कुनै पनि राजनीतिक शक्तिमाथिको प्रतिबन्धलाई समर्थन गर्न सकिँदैन । त्यसमा पनि कथित कम्युनिष्ट सरकारले अर्को वास्तविक कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने कुरा कल्पना पनि गर्न नसकिने विषय हो । प्रतिबन्धको मुख्य विषय एनसेलको कर छली थियो । हामीलाई थाहा छ, अर्थमन्त्री केवल करमन्त्री हुन् । उनले सामान्य जनतालाई करको डण्डा वर्षाए । तर, उनले ठूला–ठूला दलाल कम्पनीलाई कुनै ताकेता गरेनन् ।

एनसेलजस्ता कम्पनीबाट कर उठाउने कुनै नीति बनाएनन् त्यसको ठीक उल्टो सामान्य किसान र मजदुरबाट कर असुली गर्ने नीति बनाए । मेरो विचारमा विद्वान युवराज खतिवडा अर्थमन्त्री हैन करमन्त्री मात्र बने । उनले जनतालाई दिने राहतको बारेमा त केही पनि सोंचेनन् । एक हिसाबले प्रधानमन्त्री केपी ओलीका थिङ्क ट्याङ्क नै युवराज खतिवडा थिए । हाल विवशता वश अर्थमन्त्रीबाट बाहिरिए । त्यसपछि अर्थमन्त्री नै नराख्ने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बने । फेरि अहिले अर्को समाचार आयो, उनी अमेरिकाका लागि राजदूत बने । धेरैले भन्छन्, उनी एमसीसीका मुख्य अभियोजनकर्ता हुन् ।

एउटा व्यक्ति प्रति ओलीको यो हदसम्मको आशक्ती अचम्म लाग्दो छ । यसबाट प्रष्ट हुन्छ, प्रधानमन्त्री ओलीको विश्वासपात्र एउटा सानो गुट मात्र बाँकी छ । प्राविधिक हिसाबले अल्पमतले बहुमतमाथि तानाशाही लादेका छन् । त्यसो त ओलीको ठाउँमा दाहाल वा नेपाल आएपनि दोहोरिने त्यहि नै हो । यसको अर्थ हो, त्यहाँ राजनीतिको अन्त्य भयो र विचारको अन्त्य भयो ।

अमेरिकाको दलाली गरेर ल्याउने समाजवाद कस्तो होला ? आजको दलाल पुँजीवादभित्र डुबुल्की मारेर के समाजवाद आउँछ ? पहिलो कुरा, ओली सरकारले समाजवादको हत्या गरिसकेको छ । दोस्रो, समाजवादी अर्थतन्त्रका विशेषतालाई निषेध गरेको छ । तेस्रो, दलाल पुँजीवादलाई अनुशरण गर्दै नवउदारवादलाई अंगीकार गरेको छ ।

समाजवादको नाममा फासीवाद

ओली नेतृत्वको सरकारको समाजवादको नारा अनौठो छ । अमेरिकाको दलाली गरेर ल्याउने समाजवाद कस्तो होला ? आजको दलाल पुँजीवादभित्र डुबुल्की मारेर के समाजवाद आउँछ । पहिलो कुरा, ओली सरकारले समाजवादको हत्या गरिसकेको छ । दोस्रो, समाजवादी अर्थतन्त्रका विशेषतालाई निषेध गरेको छ । तेस्रो, दलाल पुँजीवादलाई अनुशरण गर्दै नवउदारवादलाई अंगीकार गरेको छ ।

उनीहरु केवल निजिकरणको पक्षपोषण गरीरहेका छन् । देशको अर्थतन्त्रलाई परनिर्भर बनाईरहेका छन् । अर्को शब्दमा आत्मनिर्भर अर्थतन्त्रको सम्भावनाको हत्या गरेका छन् । आत्मनिर्भर अर्थतन्त्रको मुख्य वाधक अहिलेको सरकारले लिएको दलाल अर्थतन्त्रको नीति बनेको छ ।

परिवर्तनकारी र क्रान्तिकारी शक्तिमाथि ओली सरकारको आक्रमण र निषेधको नीति छ । एउटा असल नेताले परिवर्तनका आकांक्षीहरुको सम्मान गर्नसक्नुपर्दछ । जसले परिवर्तनको लागि लड्छन् र जसले अधिकारका कुरा गर्दछन् उनीहरुलाई सम्मान गर्न नसक्ने राज्य फासीवादी हुन्छ । फासीवादले आफुँलाई मात्र सबथोक ठान्छ । त्यसकारण वर्तमान ओली सरकार केवल फासीवादी यात्रा गर्दैछ ।

आज सत्तारुढ दलमा विचार र दृष्टिकोणको बहस छैन । त्यहाँ केवल गुटगत भागण्डाको लडाईँ छ । यो लोकतन्त्र हैन अराजकतन्त्र हो । त्यसकारण फासीवादसँग लड्नु वा प्रतिरोध गर्नुको विकल्प छैन । आज डा. गोविन्द केसीको अनसनको सुनुवाई छैन । एमसीसीविरुद्वका जनप्रदर्शनहरुमाथि दमन जारी छ । त्यसकारण फासीवादको प्रतिरोधको विकल्प छैन ।

वि.सं.२०७७ असोज १९ सोमवार १२:२३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...