१९ असोज, रुपन्देही । रुपन्देहीको लु्म्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पृष्टि भएको छ ।
लु्म्बिनी प्रादेशिक अस्पतालमा आइतबार लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा उपचारका लागि आएकी बुटवल उपमहानगरपालिका वडा नं १३ की ६५ वर्षीया महिलाको उपचारका क्रममा आइतबार बेलुका ८ बजे मृत्यु भएको र कोरोनाको नमुना परीक्षण गरिएकोमा आज पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

वि.सं.२०७७ असोज १९ सोमवार १३:१८ मा प्रकाशित






























