काठमाडौं । तीन दिन अघि कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उपचार छोडेर ह्वाइट हाउस फर्किएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी मंगलबार ह्वाइट हाउस फर्किएका हुन् ।
ह्वाइट हाउस फर्किएका ट्रम्पले ‘कोरोनाबाट डराउन जरुरत छैन’ भन्ने अभिव्यक्ति दिएका छन् । ह्वाइट हाउस पुगेर मास्कसमेत फालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
I will be leaving the great Walter Reed Medical Center today at 6:30 P.M. Feeling really good! Don’t be afraid of Covid. Don’t let it dominate your life. We have developed, under the Trump Administration, some really great drugs & knowledge. I feel better than I did 20 years ago!
— Donald J. Trump (@realDonaldTrump) October 5, 2020
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी आगामी अक्टुबर १५ मा हुने दोस्रो राष्ट्रपतिय बहसमा सहभागी हुने कार्यक्रम छ । तथापि ह्वाइट हाउसले भने यसबारे कुनै पुष्टी गरेको छैन् ।
तीन दिन पहिला राष्ट्रपति ट्रम्प र उनी धर्मपत्नी मेलानियासहित १५ उच्च अधिकारी र केहि सांसदलाई कोरोना संक्रमण देखिएको थियो ।
#DonaldTrump taking his mask off all while having #Covid is so trifling! pic.twitter.com/f05nYCpzVD
— Persia Nicole (@PersiaNicole) October 6, 2020
उपचार जारी रहने
ह्वाइट हाउस फर्किएका ट्रम्पको उपचार भने जारी रहने जनाइएको छ । उनका निजि चिकित्सक डाक्टर सीन कोनले ट्रम्प खतरा बाहिर आई नसकेको बताएका छन् । उनले सावधानि अपनाउन आवश्यक भएको बताएका छन् ।
अस्पतालबाट ट्रम्प अफिसियल ड्रेसमै ह्वाइट हाउस पुगेका थिए । उनी हस्पिटलबाट हेलिकप्टरमा ह्वाइट हाउस पुगेका थिए ।
वि.सं.२०७७ असोज २० मंगलवार १३:०० मा प्रकाशित





























