back
CTIZAN AD

दिल्ली र हैदरावादलाई ठुलो झट्का, दुवै टिमबाट बाहिरिए यी दिग्गज बलर

वि.सं.२०७७ असोज २० मंगलवार

702 

shares

२० असोज, काठमाडौँ । दिल्ली क्यापिट्ल्स र सनराइजर्स हैदरावादलाई ठुलो झट्का लागेको छ । दुवै टिमका प्रमुख बलरहरुले चोटका कारण आईपिएलको बाँकी खेलहरु गुमाउनु पर्ने भएको छ । सनराइसर्ज हैदरावादबाट भुवनेश्वर कुमार र दिल्ली क्यापिट्ल्सबाट अमित मिश्रा बाहिरीएका हुन ।

सनराइजर्स हैदरावादका फास्ट बलर भुवनेश्वर कुमार चेन्नाई सुपर किंग्स विरुद्धको खेलमा बलिङ्ग गर्ने क्रममा चोटिल हुन पुगेका थिए । खुट्टामा लागेको त्यहीँ चोटको कारणले गर्दा भुवनेश्वर कुमार आईपिएलबाटै बाहिरिनु परेको छ । आईपिएल इतिहासमै सर्वाधिक विकेट लिने खेलाडीकोे सुचिमा भुवनेश्वर कुमार छैठौँ स्थानमा रहेका थिए । उनले आईपिएलमा १२१ खेलमा १३६ विकेट लिएका छन । यस आईपिएल उनी आवद्ध टिम सनराइसर्ज हैदरावाद ४ अकं सहित अकं तालिकाको सातौँ स्थानमा रहको छ ।

त्यसैगरी दिल्लीका लेग स्पिनर अमित मिश्राले भने औँलामा लागेको चोटको कारणले आईपिएलको बाँकी खेल गुमाउने भएका हुन । उनी कोलकत्ता नाईट राइडर्स विरुद्धको खेलमा चोटिल हुन पुगेका थिए । अमित मिश्रा आईपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको सुचिको दोस्रो स्थानमा रहेका छन । उनले आईपिएल १५० खेल खेल्दैँ १६० विकेट लिएका छन । उनी आवद्ध टिम दिल्ली ५ खेलबाट ८ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा रहेको छ ।

वि.सं.२०७७ असोज २० मंगलवार १३:१० मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...