२० असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकाले कुनैपनि पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् ।
अमेरिकाले हालै आफ्नो आप्रवासी नीतिमा अब कुनैपनि देशका आप्रवासी कम्युनिष्ट पार्टीको सदस्य तथा सो सरहको पदमा रहेका व्यक्तिहरुले अमेरिकाको स्थायी बसोबासको अनुमति वा नागरिकता नपाउने गरि परिर्वतन गरिएको नीतिका विषयमा प्रवक्ता श्रेष्ठले अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडाएको समाजिक संजाल ट्विटरमा लेखेका छन् ।
प्रवक्ता श्रेष्ठले यस्तो नीतिले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको बताउँदै भनेका छन्–‘यहि हो नमुना पुँजीवादी लोकतन्त्र !’
अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ। यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उँडाएको छ।यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र’ !
— NKShresthaPrakash (@nksthaprakash) October 6, 2020
वि.सं.२०७७ असोज २० मंगलवार १५:०५ मा प्रकाशित





























