२० असोज, काठमाण्डौं । नेपालमा मंगलबार ( २० असोज) सम्म पिसीआर प्रविधिबाट १० लाख ९९ हजार २७६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,०४७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २२,७०९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,११८, जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १३,५९१ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २४३ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३२ प्रदेश २ मा १४ बागमती प्रदेशमा १२५, गण्डकी प्रदेशमा ६ र प्रदेश नं ५ मा ४९ र कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा २४३ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा २, प्रदेशमा २ जना, बागमती प्रदेशमा २९ र प्रदेश ५ मा ७ जना गरी जम्मा ४० जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, काठमाडौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ६ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, रुकुमपूर्व र डोल्पा रहेका छन् ।
त्यस्तै आज थपिएका १५५१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । साथै आज २३४० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।
आज ९ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।
काठमाडौं उपत्यकाका १,०१७ जनासहित आज देशैभरी १५५१ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १,०१७ जनासहित देशैभरी १५५१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा ३, खोटाङमा १, झापामा ४, ताप्लेजुङमा १, धनकुटामा २, मोरङमा २७ र सुनसरीमा १९ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १२, पर्सामा २, बारामा २, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीमा २, सर्लाहीमा ७ र सिराहामा १० जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ७८३, काभ्रेपलान्चोकमा २४, चितवनमा ८१, दोलखामा १, धादिङमा ५, नुवाकोटमा ५, भक्तपुरमा ११६, मकवानपुरमा ५, रामेछापमा २, ललितपुरमा ११८, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा २०, तनहुँमा २, नवलपरसीपुर्वएमा १३, लमजुङ र बाग्लुङमा १–१ जना र स्याङजामा ५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा २४, नवलपरासीमा ९, पाल्पामा ४, प्युठानमा ६, बर्दियामा १, बाँकेमा ३४, रुपन्देहीमा ९६ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १०, दैलेखमा ७, रुकुमपश्चिममा ४ र सुर्खेतमा १ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ४, कैलालीमा २०, डडेल्धुरामा, डोटी र बझाङमा १\१ र बैतडीमा ५ जना संक्रमित थपिएसँगै आज देशैभरी १५५१ जना संक्रमित थपिएका छन् । जसमा महिला ५०९ र पुरुष १०४२ जना रहेका छन् । आज थपिएका १५५१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।
आज २३ सय ४० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६७,५४२ पुग्यो
नेपालमा आज २३४०जनाले कोरोना संक्रमणलाई जितेर निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २३४० जना संक्रमणबाट मुक्त भएका हुन् । आज निको भएका २३४० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६७ हजार ५४३ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा६,०३६, प्रदेश २ मा १४,८५१, बागमती प्रदेशमा २२,४२५, गण्डकी प्रदेशमा ३८६९, प्रदेश नं ५ मा ९,८ ६७, कर्णाली प्रदेशमा ३,२६८, र सुदूरपश्चिम प्रदेशमा ७,२२६ जना गरी हालसम्म जम्मा ६७ हजार ५४३ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४७३, प्रदेश २ मा १०७, बागमती प्रदेशमा ४४२, गण्डकी प्रदेशमा ६१९ प्रदेश नं ५ मा १२५६ कर्णाली प्रदेशमा ४६८ र सुदूरपश्चिम प्रदेशमा ८५६ जना गरी हालसम्म जम्मा ४,२२१ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ११७, प्रदेश २ मा १९८, बागमती प्रदेशमा ७,२६८, गण्डकी प्रदेशमा ३५९, प्रदेश नं ५ मा ६८५, कर्णाली प्रदेशमा ३०१ र सुदूरपश्चिम प्रदेशमा १९० जना गरी हालसम्म जम्मा ९,११८ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १८१५, प्रदेश २ मा ५१७, बागमती प्रदेशमा ८,४६२, गण्डकी प्रदेशमा ५६५, प्रदेश नं ५ मा १४४०, कर्णाली प्रदेशमा ३१८, र सुदूरपश्चिम प्रदेशमा ४७४ जना गरी १३,५९१ जना रहेका छन् ।
कोरोना संक्रमणबाट आज ९ जनाको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका ९ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ५ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ र ७७ वर्षीय र चितवनका ७० वर्षीय गरी ५ पुरुषको मृत्यु भएको हो ।
त्यस्तै काठमाडौंकी ५९ र ६० वर्षीया, ललितपुरकी ६७ वर्षीया र नवलपरासीपुर्वकी ७७ वर्षीया गरी ४ महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको होे । आज थपिएका ९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा असोज १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ असोज २० मंगलवार १७:४५ मा प्रकाशित






























