२१ असोज, काठमाडौं । नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।
पौडेल तीन वर्ष अघि नबिल बैंकमा सञ्चालकको रुपमा प्रवेश गरेका थिए । एसिया प्यासिफिकको ग्योबल अनलाइन्स फर बैंकिङ्ग अन भ्यालुको नेपालस्थित क्षेत्रिय प्रतिनिधिसमेत रहेका पौडेल बैकिङ्ग क्षेत्रमा राम्रो अनुभव बटुलेका व्यक्ति हुन् ।
पौड्याल यसअघि एनएमबि बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकुतको जिम्मेवारीमा समेत थिए । उनले सन् १९८६ मा ग्रिनलेज बैंक बाट बैंकिङ करिअरको सुरुवात गरेका थिए ।
नेसनल बैंकिङ इन्स्टिच्युटको निर्देशन रहेका पौड्याल सफल बैंकरसगैँ समाजसेविका रुपमा परिचित छन् ।
वि.सं.२०७७ असोज २१ बुधवार १२:१६ मा प्रकाशित






























