काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदका बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एंव परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गर्दै निर्णयहरु सार्वजनिक गरेका हुन् ।
ज्ञवालीका अनुसार मन्त्रिपरिषदले विभिन्न निकायमा नियुक्ती तथा सिफारिस गरेको छ । बैठकले इरान, मलेसिया, इन्डोनेसिया, इजरायल, अमेरिका, बेल्जीयम, ग्रीस, लेबनानलगायत देशमा रहेका महावाणिज्य दूतहरुको पदावधि थप्ने निर्णय गरेको उनले जानकारी दिए ।
यस्तै बैठकले राष्ट्रिय परीक्षा बोर्डमा पदपूर्ति गर्ने निर्णय गरेको छ । साथै निर्णयअनुसार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरिएको छ भने कार्यकारी निर्देशक पदमा विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ ।
यस्ता छन् अन्य निर्णयहरु
वि.सं.२०७७ असोज २१ बुधवार १२:५३ मा प्रकाशित






























