back
CTIZAN AD

गुर्जो सरकारी निवासमा उत्पादन गरी निःशुल्क वितरण

वि.सं.२०७७ असोज २१ बुधवार

678 

shares

२१ असोज, काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका ९५ हजार बिरुवा एक अभियानकर्मीको सङ्कल्पमा करिब चार महिनाको अवधिमा रोपिएको छ ।

आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन। गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न भागमा पु¥याउने गरेको उनले जानकारी दिएका छन ।

राजधानीमा पनि वाग्मतीलगायत नदी किनारमा गुर्जो रोपणका लागि राजलवटले नै बिरुवा उपलब्ध गराएका छन। त्रिभुवन विश्वविद्यालयको प्राङ्गण कीर्तिपुर, राष्ट्रिय शहीद तथा शान्ति स्मारक गोकर्णलगायत उपत्यकाका विभिन्न नगरपालिकामा गरी करिब २० हजारभन्दा बढी बिरुवा बाँडिसकेको उनले राससलाई जानकारी दिएका छन।

गुर्जोका बिरुवा बाँडेको स्थानमा धुलो र चियासमेत बाँड्दै कोरोना भाइरससँग जुधिरहेकालाई रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न पनि सहयोग पु¥याउँदै आएका छन । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ ।

गुर्जोले मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधिको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार देशव्यापीरुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।

अभियानले कोरोना पोजेटिभ भएकालाई गुर्जोको धुलो वितरण अभियानलाई समेत तीव्र बनाएको छ । गुर्जोको धुलो मनतातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले दिएका छन ।

उपत्यकामा गुर्जोका बिरुवा, धुलो, चियापत्तीलगायत आवश्यक परेमा फेरि लिएर आउने उनको प्रतिबद्धता छ । देशभर ‘एक घर एक गुर्जो’को बिरुवा रोप्नुपर्ने यो अभियानमा लागेको उनको मत छ । राजलवटलाई योग शिक्षक एवं राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थी, उपत्यकाका विभिन्न स्थानमा सक्रिय सफाई अभियानकर्मी लगायतले गुर्जोका बिरुवा वितरण अभियानमा सहयोग गरेको जनाइएको छ ।

यस वर्ष मनसुन शुरु भएसँगै कोरोनाबाट बच्न गुर्जोका बिरुवा, धुलो र चिया वितरणमा राजलवटलगायत अभियानकर्मी सक्रिय भएका हुन् । कोरोना बढेसँगै लामो समयदेखि हाम्रो घरबारी वरपर यत्तिकै बसिरहेको गुर्जो खोज्नेको सङ्ख्या पनि बढ्न थालेको छ । कोरोनाबाट बच्न गुर्जो उपयोगी हुने चर्चा चल्न थालेपछि धेरैले यसको जोहो गर्न थालेका छन् । रासस

वि.सं.२०७७ असोज २१ बुधवार १४:३८ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...