back
CTIZAN AD

सुर्य थापा भन्छन्– बाबुरामले कम्युनिष्ट छाडेपछि सम्झनसमेत छाडेछन्

वि.सं.२०७७ असोज २१ बुधवार

915 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले विगत सम्झनसमेत छाडेको टिप्पणी गरेका छन् । भट्टराईले कम्युनिष्ट छाडेपछि विगत पनि बिर्सिएको भनाई थापाको छ ।

प्रदेशहरुको नामाकरणका सन्दर्भमा सार्वजनिक माफी मागेका भट्टराईलाई जवाफ दिँदै उनले सुरेश वाग्ले र लली रोकाको देहान्त जातीय आन्दोलन सुरु हुन पूर्व भएको बताएका छन् । जातीय राज्य भट्टराईको नेतृत्वमा गठित जनसरकारको भडकावपूर्णं अभ्यास मात्रै भएको टिप्पणी गरेका छन् ।

भट्टराईलाई सामाजिक सञ्जालमार्फत नै जवाफ दिँदै थापाले भनेका छन्, ‘जनयुद्ध जातीय रंगविरंगमा प्रवेश गर्नुअघि नै सुरेश वाग्ले र लली रोकाले जीवन उत्सर्ग गर्नुभएको थियो । अब डा। बाबुराम भट्टराईले संझिनसमेत छाड्नुभएछ । जातीय राज्य त तपाईंको नेतृत्वमा गठित जनसरकारको भड्कावपूर्ण अभ्यास मात्रै थियो ।’

थापाले भट्टराईलाई कम्युनिष्ट छाडेपछि सम्झन पनि छाडेको हो र भनि प्रश्न पनि गरेका छन् । ֯तपाईंको त्यो भड्कावले हाल जनता समाजवादी पार्टीको बिसौनीमा आराम गरिरहेको छ, होइन र ?’ उनले भनेका छन् ।

प्रदेश ५ को नाम लुम्बिनी राखिएको सन्दर्भमा भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत पूर्वमाओवादी आन्दोलनमा मारिएका सहिदहरुप्रति सार्वजनिक माफी मागेका थिए । उनले राष्ट्र पुनः प्रधानमन्त्री ओलीको नेतृत्वमा ‘महेन्द्र पथ’मा हिंडेको बताएका थिए ।

भट्टराईले जनयुद्वको मर्म जातिय नामबाट राज्यहरु हुनुपर्ने रहेको तर त्यो नभएको बताएका छन् । उनले भनेका छन्, ‘हिजो मगरात /तमुवान/ताम्सालिंग/नेवास् स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनीरगण्डकीरवागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयोस् मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ, सरी लली रोका, सुरेश वाग्ले..’

जनयुद्ध जातीय रंगविरंगमा प्रवेश गर्नुअघि नै सुरेश वाग्ले र लली राेकाले जीवन उत्सर्ग गर्नुभएको थियाे । अब डा. बाबुराम…

Posted by Surya Thapa on Tuesday, October 6, 2020

वि.सं.२०७७ असोज २१ बुधवार १४:४२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...