back
CTIZAN AD

महाभारत गाउँपालिकामा पुग्यो मोटरबाटो

वि.सं.२०७७ असोज २१ बुधवार

747 

shares

२१ असोज वाग्मती । वाग्मती प्रदेशमा रहेका मोटरबाटो नपुगेका दुई गाउँपालिकामध्ये एकमा मोटरबाटो पुगेको छ ।

सडक सञ्जालले नछोएको प्रदेशको अतिविकट काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्ने मोटरबाटो पुगेको हो । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमअन्तर्गत सडक निर्माण भएको जनाइएको छ ।

हरेक गाउँपालिकाको केन्द्रलाई नजिकको राजमार्गसँग कालोपत्र सडकले जोड्ने कार्यक्रमअन्तर्गत सडक सञ्जालले नछोएका क्षेत्रलाई सडकले जोड्ने सडक पुगेका ठाउँका सडक स्तरोन्नति गर्ने र गाउँपालिकाको केन्द्रबाट नजिकको राजमार्गसम्म पक्की सडक बनाउने प्रदेश सरकारको योजना रहेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए ।

प्रदेशको विकट गाउँपालिकामध्ये धादिङको रुविभ्याली र काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसँग अहिलेसम्म सडक सञ्जालले जोडिएको थिएन । “अब महाभारत गाउँपालिकाको केन्द्र जोड्ने तीनखुट्टे–देविटार सडक ट्रयाक मङ्गलबारबाट खुलेको छ”, मन्त्री फुयाँलले भने ।

यसैगरी रुविभ्याली गाउँपालिकाको केन्द्रबाट नजिकैको कालोपत्र सडकसम्म जोड्नका लागि निर्माण कार्य अगाडि बढिसकेको उनले जानकारी दिए । मन्त्री फुयाँलले अन्य विभिन्न १४ वटा पालिकाको केन्द्रसम्म वर्षको बाह्रै महिना निर्वाधरुपमा सवारीसाधन सञ्चालन गर्नका लागि कालोपत्र गर्ने कार्य अगाडि बढाएको बताए ।

उनले प्रदेशका कुनै पनि क्षेत्रलाई विकट क्षेत्रका रुपमा नछोडिने बताए । अब ती क्षेत्रलाई सडक सञ्जालका मध्यमबाट जोडेर सिँचाइ, पर्यटन, कृषिलगायत विकासका अन्य पूर्वाधारसमेत तयार पार्न सरकारले पूर्णरुपमा सहयोग गर्ने उनको भनाइ थियो ।

जनताले प्राप्त गर्ने सेवासुविधाका हिसाबले गाउँ र शहरबीच भिन्नता हुनु नहुने उनले बताए। मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा रहेको प्रदेश सरकार त्यसकै लागि लागिपरेको उनको भनाइ थियो । रासस

वि.सं.२०७७ असोज २१ बुधवार १४:५३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...