काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष पुशपति शमशेर राणाले कुलमान घिसिङ पुनः नियुक्ती गर्न माग गरेका छन् । उनले जनमतको कदर गर्दै कुलमानलाई पुनः नियुक्ती गर्नुपर्ने बताए ।
सामाजिक सञ्जालमा ट्विटरमार्फत उनले कुलमानलाई नियुक्ती गर्नु नै सरकारको बुद्धिमानी निर्णय हुने बताएका छन् । ‘दक्ष व्यवस्थापकको पूर्ननियुक्ति होस् भन्ने जनमतको कदर गर्दै घिसिङलाई जिम्मेवारी दिएर जनतालाई कष्टमुक्त गर्नु सरकारको बुद्धिमानी हुनेछ।’
अध्यक्ष राणाले कुलमान कै कारण देश लोडसेडिङ मुक्त भएको बताए । उनले कुलमान जिम्मेवारीबाट हटेसँगै फेरि लोडसेडिङ हुन थालेको भन्दै सरकारलाई सहि निर्णय लिन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘कुलमान घिसिङको भूमिकाले देश लोडसेडिङ मुक्त भयो। उनी जिम्मेवारीबाट हटेपछि फेरी लोडसेडिङ सुरु हुन थालेको छ।’
कुलमान घिसिङको भूमिकाले देश लोडसेडिङ मुक्त भयो। उनी जिम्मेवारीबाट हटेपछि फेरी लोडसेडिङ सुरु हुन थालेको छ। सरकारको गलत निर्णय यसैबाट प्रष्ट हुन्छ। दक्ष व्यवस्थापकको पूर्ननियुक्ति होस् भन्ने जनमतको कदर गर्दै घिसिङलाई जिम्मेवारी दिएर जनतालाई कष्टमुक्त गर्नु सरकारको बुद्धिमानी हुनेछ।
— Pashupati Shumshere (@PashupatiShams) October 7, 2020
वि.सं.२०७७ असोज २१ बुधवार १७:०६ मा प्रकाशित






























