२१ असोज,काठमाण्डौं । नेपालमा आज११२६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा उपचाररत रहेका र होम आइसोलेसनमा रहेका ११२६ जना संक्रमणबाट मुक्त भएका हुन् ।
आज निको भएका ११२६ सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६,१३०, प्रदेश २ मा १४,८५१, बागमती प्रदेशमा २३,१०६, गण्डकी प्रदेशमा ३९२५, प्रदेश नं ५ मा १०,०४२, कर्णाली प्रदेशमा ३,३१७ र सुदूरपश्चिम प्रदेशमा ७,२९७ जना गरी हालसम्म जम्मा ६८ हजार ६६८ जना निको भएका हुन् । file photo
आज एकैदिन २३४० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६७,५४२ पुग्यो
वि.सं.२०७७ असोज २१ बुधवार १७:०८ मा प्रकाशित






























