२० असोज, काठमाण्डौं । नेपालमा आज २३ सय ४० जनाले कोरोना संक्रमणलाई जितेर निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २३४० जना संक्रमणबाट मुक्त भएका हुन् । आज निको भएका २३४० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६७ हजार ५४३ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा६,०३६, प्रदेश २ मा १४,८५१, बागमती प्रदेशमा २२,४२५, गण्डकी प्रदेशमा ३८६९, प्रदेश नं ५ मा ९,८ ६७, कर्णाली प्रदेशमा ३,२६८, र सुदूरपश्चिम प्रदेशमा ७,२२६ जना गरी हालसम्म जम्मा ६७ हजार ५४३ जना निको भएका हुन् ।
आज ११३३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६५ हजार नाघ्यो
वि.सं.२०७७ असोज २० मंगलवार १७:१३ मा प्रकाशित






























