२० असोज, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका ९ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ५ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ र ७७ वर्षीय र चितवनका ७० वर्षीय गरी ५ पुरुषको मृत्यु भएको हो ।
त्यस्तै काठमाडौंकी ५९ र ६० वर्षीया, ललितपुरकी ६७ वर्षीया र नवलपरासीपुर्वकी ७७ वर्षीया गरी ४ महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको होे । आज थपिएका ९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।
वि.सं.२०७७ असोज २० मंगलवार १६:५९ मा प्रकाशित




























