१९ असोज, काठमाडौं । कोरोना संक्रमणबाट आज काठमाडौं उपत्यकाका मात्रै १२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ९ जना र ललितपुरमा ३ जनाको मृत्यु भएको हो । उपत्यकामा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो ।
आज उपत्यकाको काठमाडौंमा ६ पुरुष र तीन महिला गरी ९ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय ६ पुरुष र ७६, ८१ र ८३ वर्षीया ३ महिला, ललितपुरका ३ वर्षीय बालक, ५५ वर्षीय र ७१ वर्षीय गरी ३ पुरुष रहेका छन् ।
त्यसैगरी सुनसरीका ५५ वर्षीय, पर्साकी ६५ वर्षीया महिला, सर्लाहीका ४२ र ६९ वर्षीय २ पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखाकी ४५ वर्षीया महिला र नवलपरासीपुर्वका ३६ वर्षीय पुरुषसहित आज देशैभरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज थपिएका १९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।
आज ७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुग्यो
वि.सं.२०७७ असोज १९ सोमवार १७:१० मा प्रकाशित





























