back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १५३१ सहित २४४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८९ हजार नाघ्यो

वि.सं.२०७७ असोज १९ सोमवार

639 

shares

१९ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका १५३१ जनासहित देशैभरी २४४० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा ५, इलाममा १, ओखलढुंगामा ३, खोटाङमा ३, झापामा ८, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५५, संखुवासभामा १ र सुनसरीमा १२२ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १, पर्सामा ८, बारामा ८, महोत्तरीमा २, रौतहटमा ८४, सप्तरीमा ५, सर्लाहीमा ९ र सिराहामा ६ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ११७८, काभ्रेपलान्चोकमा ३६, चितवनमा १०३, दोलखामा १, धादिङमा १२, नुवाकोटमा १०, भक्तपुरमा १०३, मकवानपुरमा १५, रामेछापमा १२, ललितपुरमा २५०, सिन्धुपाल्चोकमा ५ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३६, गोरखामा १७, तनहुँमा १०, नवलपरासीपुर्वमा ६६, पर्वतमा ३, लमजुङमा २, बाग्लुङमा १८ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँच्ीमा १३, कपिलवस्तुमा ८, गुल्मीमा १७ दाङमा ६, नवलपरासीमा ५, पाल्पामा ६, प्युठानमा ५, बर्दियामा ८, बाँकेमा २२ र रुपन्देहीमा ५८ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ३, रुकुम पश्चिम र सल्यानमा १÷१ .जना र सुर्खेतमा ३० जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा, बझाङ र दार्चुलामा १÷१ जना, कन्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, डोटीान २, दार्चुलामा २, र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी २४४० जना संक्रमित थपिएका छन् ।

उनीहरुमा ९३७ महिला र १५०३ जना पुरुष रहेका छन् । आज थपिएका २४४० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १५९९ सहित दैशैभरी थपिए २२५३ कोरोना संक्रमित

वि.सं.२०७७ असोज १९ सोमवार १६:४५ मा प्रकाशित

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...