back
CTIZAN AD

राष्ट्रिय बाणिज्य बैंकले दुधौली नगरपालिकामा सहुलियत कर्जामा सहकार्य गर्ने

वि.सं.२०७७ असोज १९ सोमवार

669 

shares

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जामा दुधौली नगरपालिकामा सहकार्य गर्ने भएको छ, जसका लागि बैंक र नगरपालिका बिचमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

एक समारोहको आयोजना गरि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालीकाका नगर प्रमुख घनश्याम राउतले हस्ताक्षर गरेका छन् । अब सम्झौता पछि नगरपालिकाले उद्यम व्यवसाय गर्न चाहने व्याक्तिहरुलाई आवश्यक परामर्श र तालिमको व्यवस्था गर्नेछ भने ईच्छुक उद्यमीहरुलाई बैंकले सहुलियत कर्जा लगानी गर्नेछ ।

समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सम्झौतालाई प्रभावकारीतापुर्वक कार्यान्वयन गर्ने बताए भने नगर प्रमुख राउतले बैंकबाट प्राप्त हुने सुलभ कर्जाको उपभोगबाट नगरबासीले आफ्नो र समुदायको आर्थिक स्तर उकास्ने अपेक्षा व्यक्त गरे ।

समारोहको सञ्चालन बैंकिङ विभागका प्रमुख राज्य लक्ष्मी खड्कीले गरेका थिए भने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, कम्पनी सचिव, नगरपालिकाका कर्मचारी र स्थानिय उद्यमीहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७७ असोज १९ सोमवार १६:२९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...