२० असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका १,०१७ जनासहित देशैभरी १५५१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा ३, खोटाङमा १, झापामा ४, ताप्लेजुङमा १, धनकुटामा २, मोरङमा २७ र सुनसरीमा १९ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १२, पर्सामा २, बारामा २, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीमा २, सर्लाहीमा ७ र सिराहामा १० जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ७८३, काभ्रेपलान्चोकमा २४, चितवनमा ८१, दोलखामा १, धादिङमा ५, नुवाकोटमा ५, भक्तपुरमा ११६, मकवानपुरमा ५, रामेछापमा २, ललितपुरमा ११८, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा २०, तनहुँमा २, नवलपरसीपुर्वएमा १३, लमजुङ र बाग्लुङमा १–१ जना र स्याङजामा ५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा २४, नवलपरासीमा ९, पाल्पामा ४, प्युठानमा ६, बर्दियामा १, बाँकेमा ३४, रुपन्देहीमा ९६ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १०, दैलेखमा ७, रुकुमपश्चिममा ४ र सुर्खेतमा १ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ४, कैलालीमा २०, डडेल्धुरामा, डोटी र बझाङमा १\१ र बैतडीमा ५ जना संक्रमित थपिएसँगै आज देशैभरी १५५१ जना संक्रमित थपिएका छन् । जसमा महिला ५०९ र पुरुष १०४२ जना रहेका छन् ।
आज थपिएका १५५१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका १५३१ सहित २४४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८९ हजार नाघ्यो
वि.सं.२०७७ असोज २० मंगलवार १६:४६ मा प्रकाशित






























