२१ असोज,काठमाडौं । आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सनराइज बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जा लगानी गर्न तथा ब्याजमा अनुदान दिने भएको छ ।
आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सनराइज बैंकबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत, जनक शर्मा पौडेल र आइएमई मोटर्सको तर्फबाट कार्यकारी निर्देशक संदिप अग्रवालले हस्ताक्षर गरेका छन् ।
यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका दोस्त मोडलकासम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिनाधितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने सहमती भएको छ ।
यो सुविधा अधिकतम ७ वर्षसम्मको लागि हुने छ भने मासिक किस्ता तिर्नु पर्ने छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रिवितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाहगर्ने सहमती भएको छ । अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सनराइज बैंकको जुनसुकै शाखा मार्फत सहुलियतपूर्ण कर्जा प्राप्तगर्न सक्नेछन् ।
यो सुविधाले आगामी दिनमा सेवाग्राहीहरुलाई कर्जा सुविधा प्राप्तगर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुपमा ब्राण्ड एवएरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागि भई अघि बढ्ने कुरामा पनि सहमती भएको छ ।
एलसिभिअन्तर्गत दोस्त मोडल (पिकअप, कन्टेनर, रेफ्रिजिरेसन भ्यान) का सवारी साधनहरू विभिन्न प्लिकेसन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहरमैला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको सम्झौता पछि जारी गरिएको बिज्ञप्तिमा जनाईएको छ ।
वि.सं.२०७७ असोज २१ बुधवार १७:०५ मा प्रकाशित




























