२१ असोज, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि १५ जनाको मृत्यु भएको छ । आज संक्रमणबाट मृत्यु भएकामा ९ जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मोरङका ४० र ६० वर्षीय, काठमाडौंका ४५, ५३, ६४ र ६९ वर्षीय ललितपुरमा ४६ वर्षीय, चितवनमा ६१ वर्षीय, रुपन्देहीका ५५ वर्षीय, नवलपसाीका ७६ वर्षीय गरी १० पुरुषको मृत्यु भएको हो ।
त्यसैगरी रिाहाकी ५० वर्षीया, रौतहटका ७२ वर्षीया, काठमाडौंका ६६ र ७२ वर्षीया र दाङकी ७१ वर्षीया गरी ५ महिलाको मृत्यु भएको हो ।
आज थपिएका १५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६१ प्रतिशत हो ।
कोरोना संक्रमणबाट आज ९ जनाको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो
वि.सं.२०७७ असोज २१ बुधवार १६:५८ मा प्रकाशित






























