back
CTIZAN AD

सामुदायिक अस्पतालका नाममा मनपरि, मनपरी शुल्क लिनेलाई कार्वाही होस्

वि.सं.२०७७ असोज २१ बुधवार

831 

shares

आज भर्खरै आफैँले भोगेको कुरा हो । ममिको घाउ भएको पनि आज १५-१६ दिन जति भैसकेको थियो, गाउँकै मेडिकलबाट औषधि गराउँदा सुन्निन कम नै भाको थिएन । एक चोटि हस्पिट्ल नै जानु पर्छ भनेर आज बिहान नरायणि सामुदायिक अस्पताल लिएर गएँ । सामुदायिक अस्पताल भएकाले अरु भन्दा सस्तो र सुलभ होला भनेर पनि त्यहाँ लगेको थिएँ । तर त्यहाँ त ब्रम्हलुट हुँदो रहेछ ।

टिकट लिएको मात्रै रु. ५०० (ममिको अनुसार पहिला २००-२५० लिन्थ्यो रे) मैले रिसाएर कति महँगो हो भने । उता डाक्टरकोमा देखाएपछि एक चोटि एक्स रे र भिडियो एक्स रे गराउन भने, अनि त्यस्को लागि पैसा तिर्न काउन्टर जाँदा ह् रे र भिडियो ह् रे को क्रमस रु.५०० र रु.१५०० भने । हल्का बाद बिबाद गरेँ तर केहि सिप लागेन र त्यति नै तिर्न बाध्य भएँ ।त्यो सबै रिपोट्र हेरिसकेपछि घाउमा पिप जमेको र सानो अप्रेशन गर्नुपर्ने सल्लाह डाक्टरले गरे । त्यत्रो औषधि गर्दा पनि निको नभएकाले अरु उपाए पनि थिएन । पैसा तिर्न काउन्टर तिर लागेँ ।अप्रेसन गरेको रु.१०,००० लाग्छ भने र रगत जचाएको रु.११५० ।

त्यो सुनेर पारो तातेर आयो र फेरि बाझ्न थालेँ । काउनटरकि महिलाले उतै डाक्टरसँग गएर कुरा गर्नु भनिन । उता गएर सोध्दा ऐले जताततै चलेको रेट त्यहि हो रे । मैले समुदायिक अस्पतालमा प्राईभेट जस्तो गर्न त पाईएननि भने । बाझ्दा बाझ्दा २००० कम दिनुस भने । त्यहाँ त बर्गेनिङ चल्ने रहेछ । एउटा सामान्य घाउ चिरेको त्यत्रो पैसा तिर्ने कुरै आएन ।

सबै रिपोर्ट थिँदै थियो, एकचोटि अर्को अस्पताल गएर बुझ्न मन लाग्यो । चितवन मेडिकल कलेज (CMC) लिएर गएँ । त्यहाँ रजिस्टर गरेको १०० मात्र रहेछ । भित्र डाक्टरले पनि घाउ चिरेर पिप निलाल्नु पर्छ भनेर सल्लाहा दिए । त्यहाँको भने रेट ४५०० रहेछ । अरु बेला भन्दा महँगो नै होला तर उताको भन्दा आधा भन्दा कम रेट रैछ ।

कहाँको रु.१००, कहाँको रु.५००, अनि कहाँको रु.४५०० र कहाँको रु.१०,००० ?अझै एक्सरे, भिडियो एक्सरेमा कति खाए होला !

नाउँ मात्रको सामुदायिक अस्पताल । यस्तो महामारिको बेला सहुलियत दिनु त कहाँ हो कहाँ अझै दोब्बर तेब्बर ! म जस्तो युवा र बोल्नेलाई त यसरी ठटाउछ्न, बोल्नै नसक्नेलाई त झन के गर्छ्न होला !

यस्ता लुटतन्त्र मच्चाउने अस्पतालहरु सबैले बहिस्कार गरौँ र यस्ता मनपरि शुल्क लिने लाई सम्बधित निकायले कडा भन्दा कडा कारबाहि गरोस् ।

वि.सं.२०७७ असोज २१ बुधवार १७:३६ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...