back
CTIZAN AD

हिमालयन ह्वाइट हाउस र चाटर्ड एकाउन्टेन्ट संघ विच छुटैछुटको समझदारी

वि.सं.२०७७ असोज २१ बुधवार

1.1K 

shares

काठमाडौं – हिमालयन ह्वाइट हाउस ईन्टरनेशनल कलेज र नेपाल चाटर्ड एकाउन्टेन्ट सँँघ विच संस्थागत पारस्पारीकता सम्बन्धि समझदारी गरिएको छ ।
असोज २१ गते बुधवार गरिएको सो समझदारी अनुसार यि दुई सँस्थाहरुले सामाजिक सँजाल र वेभसाइटमा एक अर्काको स्थान लिने र दिने गर्नेछन, साथै लोगो समेत राख्नेछन ।

सो समझदारी अनुुसार ह्वाईट हाउस कलेजले संघका सदस्यहरुको ५ लाख लाग्ने एमविए कोर्षका लागि २५ प्रतिशत छुट दिनेछ । यसैगरि ईमविए अध्ययनका लागि ४ लाख लाग्ने शुल्कमा ३० प्रतिशत छुट दिएर २ लाख ८० हजारमा पढाउने कुरा समझदारीमा उल्लेख गरिएको छ ।

सो संघका सदस्यको आश्रित परिवारलाई पनि छुट दिएर अध्ययन गराउने विषयमा दुई सँस्थाविच समझदारी भएको छ । जसमा संघका आश्रित परिवारले विविएमा ४० प्रतिशत, विएचएममा २५ प्रतिशत, विई सिभिलमा २५ प्रतिशत र विटेकमा ३० प्रतिशत सम्म छुट लिएर हिमालयन ह्वाइट हाउस ईन्टरनेशनल कलेजमा अध्ययन गर्न पाउनेछन । तर यो छुटका लागि भने कोटाहरु निर्धारण गरिएको छ ।

शुरुमा दुई वर्षका लागि गरिएको सो समझदारीमा संघको तर्फवाट अध्यक्ष आनन्दराज शर्मा वाग्ले र कलेजको तर्फवाट म्यानेजिङ डाइरेक्टर शिव प्रसाद शर्मा पौडेलले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा साक्षिको रुपमा संघको तर्फबाट निवर्तमान अध्यक्ष हरि कुमार सिलवाल र कलेजको तर्फवाट एकेडेमिक डाइरेक्टर तोयानारायण पौडेलले हस्ताक्षर गरेका छन् ।

कोभिड १९ को महामारी सँगै शिक्षा क्षेत्रमा बढेको अन्यौलता र महंगीको अवस्थामा संघ र कलेज विचमा भएको उल्लेखित समझदारीबाट दुवै पक्षले आपसी हित प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०७७ असोज २१ बुधवार १७:४४ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...