back
CTIZAN AD

शुक्रबारदेखि एनआरएन विश्व ज्ञान सम्मेलन सुरू हुँदै, सम्मेलनको उद्घाटन प्रधानमन्त्रीबाट हुने

वि.सं.२०७७ असोज २१ बुधवार

756 

shares

२१ असोज, काठमाडौँ । शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन भर्चुअल रुपमा सुरू हुँदैँछ । अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५, २०७७) आयोजना हुन गइरहेको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन हुने उक्त सम्मेलनमा २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहने संघका प्रवक्ता डिबी क्षेत्रले बताए ।

नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने उद्देश्य उद्देश्यका साथ स्थापना भएको संघले गर्न लागेको विश्व ज्ञान सम्मेलन यो दोस्रो हो ।

यसरी हुँदैछ उद्घाटन
भर्चुअल माध्यमबाट हुने सम्मेलनको उद्घाटन शुक्रबार, असोज २३ गते अपरान्ह सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । सम्मेलनमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधीसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहने जानकारी प्रवत्ता क्षेत्रीले दिए ।

उनका अनुसार सम्मेलनमा विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुनेछ । साथै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ ।

गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा हुने सम्मेलनमा काठमाडौँ विश्व विद्यालयको सहकार्य रहनेछ । परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरु सहभागी हुने बताइएको छ ।

सम्मेलनमा छलफल हुने विषयहरु
सम्मेलनको पहिलो दिनमा विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने छन् । यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्रहरु माथि घनिभूत छलफल गरिने छन् ।

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन् । यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि , वातावरण र समाज विज्ञान लगायतका समानान्तर सत्रहरुमा विभिन्न विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । ती कार्यपत्र माथि सम्बन्धित विषयका विज्ञहरुले छलफल गर्ने छन् । साथै सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुने छ भने सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकार समक्ष सुझावको रुपमा प्रस्तुत गरिने पनि प्रवक्ता क्षेत्रीले बताए ।

संघले लिएको उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको विकासमा प्रयोग गर्ने सम्बन्धमा संघले समयसापेक्ष नीतिगत पहलका लागि प्रयास गर्दै आएको छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरेको थियो । यसलाई निरन्तरता दिँदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन २०२० अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५, २०७७) आयोजना गर्न गइरहेको हो ।

वि.सं.२०७७ असोज २१ बुधवार १८:१४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...