back
CTIZAN AD

शहिद स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७७ असोज २१ बुधवार

1.2K 

shares

स्याङ्जा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेदिखोला गाउँ पार्टी कमिटिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनयुद्धका शहिद नारायण प्रसाद सुवेदीको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष खड्क रानाभाटले बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष सुर्यप्रसाद गैह्रे ‘पारस’ले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैह्रेले समृद्धि र समाजबादको लागि शहिदहरुले देखाएको बाटोमा नै नेकपा निरन्तर रहेको र त्यो शहिदले देखेको सपना पुरा गर्नमा आफुहरु प्रतिवद्धताका साथ लागिपरेको बताए ।

शहिद नारायण सुवेदी दशवर्षे ससस्त्र जनयुद्धको क्रममा २०६० असोज २१ गते कैलालीमा नेपाली सेनाद्वारा मारिएका हुन् । कार्यक्रममा बोल्ने बक्ताहरुले शहिद सुवेदीले नेपाली आन्दोलनमा पुर्याएको योगदानवारे चर्चा गरेका थिए ।

कार्यक्रममा शहिद पत्नि मिलन सुवेदी, फेदीखोला गाउँपालिकाका प्रमुख तथा शहिद पुत्र घनश्याम सुवेदी र पार्टी जिल्ला सचिवालय सदस्य पुस्प बराल लगाएतले मन्तव्य राखेका थिए, कार्यक्रममा ५० जना सहभागीले रक्तदान गरेका थिए ।

वि.सं.२०७७ असोज २१ बुधवार १८:१९ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...