२२ असोज, काठमाडौँ । हिजा भएको खेलमा कोलकत्ता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले पराजित गदैँ आईपिएलमा आफ्नो तेस्रो जित निकालेको छ भने चेन्नाई यस आईपिएलमा चौँथो पटक पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको कोलकत्ताले आफ्नो २० ओभरमा १६७ रन बनाएर १० विकेट गुमाएको थियो । कोलकत्ताका लागि यस आईपिएलमा पहिलो खेल खेलेका राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाएका थिए । चेन्नाईका लागि बलिङ्गमा डुवेन ब्राबोले सर्वाधिक ३ विकेट लिएका थिए ।
कोलकत्ताले दिएको १६८ रनको लक्ष्य चेन्नाई पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । चेन्नाईले आफ्नो २० ओभरमा ५ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । चेन्नाईका लागि शेन वाट्सनले ५० रनको पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेन्न् ।
जितसँगै कोलकत्ताले ५ खेलबाट ६ अकं जोड्दैँ अकं तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
वि.सं.२०७७ असोज २२ बिहीवार ०९:३० मा प्रकाशित




























