२२ असोज, काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग अविलम्ब सार्थक वार्ता गर्न विभिन्न संचारमाध्यमका २२ जना सम्पादकले माग गरेका छन् ।
चिकित्शा क्षेत्रको समग्र सुधारको माग गर्दै जुम्ला हुँदै काठमाडौंको टिचिङ अस्पतालमा २४ दिनदेखि अनशन बसेका डा. केसीको स्वास्थ्य क्षीण बन्दै गइरहेको अवस्थामा सरकारले डा. केसीको अभिभावकीय जिम्मेवारी लिँदै उच्च तहबाट अविलम्ब वार्ता थाल्न २२ सम्पादकले माग गरेका छन् ।
‘हाम्रो समाजमा इमान र आशाको प्रतीतको रुपमा डा. केसी लामो समयदेखि अग्रसर छन् । चिकित्शा श्क्षिा विधेयक र केदारभक्त माथेमा नेतृत्वको चिकित्सा शिक्षा सुधार कार्यदल निर्माण केसीकै सत्याग्रहको सकारात्मक नतिजा हो,’ सम्पादकहरुद्धारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यर्सथ उनको जीवन र कर्म यो राज्य तथा सिंगो समाजका लागि महत्वपूर्ण छ । केसीको जीवन बचाउनु भनेको जनस्वास्थ्य बचाउने उत्तरदायित्वअन्तर्गतकै काम हो ।’
वार्ताको अपिल गर्नेमा
अखिलेश उपाध्याय, अमित ढकाल, अरुण वराल, कसमस विश्वकर्मा, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुँइटेल, दिलभूषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, बसन्त बस्नेत, राजन पोखरेल, राजेन्द्र दाहाल, शिव गाउँले, सन्जीव सतगैया, सुधीर शर्मा, सुभाष घिमीरे, हरिबहादुर थापा र युवारज घिमीरे रहेका छन् ।

वि.सं.२०७७ असोज २२ बिहीवार ०९:४३ मा प्रकाशित






























