back
CTIZAN AD

काठमाडौँका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदल मार्ग निर्माण गरिँदै

वि.सं.२०७७ असोज २२ बिहीवार

729 

shares

२२ असोज, काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डिभिजनले योजना बनाउँदा पैदलयात्रु मार्ग निर्माणमा ध्यान दिने गरी योजना बनाएको हो ।

सिंहदरबार आसपासका क्षेत्रमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण शुरु भइसकेको डिभिजन प्रमुख कुबेर नेपालीले बताएका छन । उनका अनुसार डिभिजनले पैदलयात्रुको चाप बढी भएका सडकमा पहिलो चरणमा पैदलयात्रु मार्ग अघि बढाउँदैछ । उनले भने, “बिस्तारै सबै सडकमा यसलाई बिस्तार गर्दै लगिनेछ ।”

डिभिजनले बढी चाप भएका सडकसँगै निर्माणका क्रममा रहेका सडकमा समेत अपाङ्गतमैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने योजना बनाएको छ । हाल निर्माण भइरहेको गौशाला–चावहिल सडकमा यसलाई अघि बढाइएको प्रमुख नेपालीले बताएका छन। त्यस्तै, सडक निर्माणका लागि निर्माणस्थल खाली भइरहेको कोटेश्वर–जडीबुटी सडकमा पनि पैलयात्रु मार्ग निर्माण गरिने भएको छ ।

गत वर्षमा आवधिक मर्मतको काम गरेर खाल्डाखुल्डी धेरै ठाउँमा हटाएको डिभिजनले यस बर्ष पैदलयात्रु मार्गतर्फ ध्यान दिएको हो । उनले भने, “सरल, सहज र अपाङ्गतामैत्री पैदलयात्रु मार्ग बनाउँदा सबैलाई हिँड्न सजिलो हुनेछ ।” डिभिजनले सङ्घीय सरकारअन्तर्गत सडकको मर्मत र स्तरोन्नतिको काम गर्दै आएको छ । सङ्घअन्तर्गत धेरै सडकमा पैदलयात्रु मार्ग छैन । कतिपय स्थानमा भए पनि अपाङ्गता भएका व्यक्ति मात्रै मात्रै होइन अरु पैदलयात्रुलाई समेत आवतजावत कठीन हुने किसिमको रहेको देख्न सकिन्छ । रासस

वि.सं.२०७७ असोज २२ बिहीवार १०:२१ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...