back
CTIZAN AD

मुगुका नौ स्थानीयले दिए बिद्यालयलाई निःशुल्क जग्गा

वि.सं.२०७७ असोज २२ बिहीवार

636 

shares

२२ असोज, काठमाडौं । मुगु जिल्लाको पश्चिम भेगमा पर्ने सोरु गाउँपालिका वडानं-२ जडेपानीगाउँका ९ जनामनकारी स्थानीयले बिद्यालयको भौतिक सुधारको निम्ति करिव ११ रोपनी जग्गा जनज्योति माध्यमिक बिद्यालयलाई निशुल्क दिएका छन् ।

जडेपानी गाउँनिवासी नरजंग शाही र टोपबहादुर शाहीले १५ सय बर्गमिटर, मेलबहादुर शाही र मञ्जन शाहीले ७ सय बर्गमिटर, दलबहादुर मल्लले ३ सय ५० बर्गमिटर, मानबहादुर शाहीले १ सय ३२ बर्गमिटर जग्गा जनज्योति माध्यमिक बिद्यालयलाई निशुल्क दिएका हुन् ।
त्यस्तै सोहीगाउँका कर्मकला शाहीले १ सय १७ बर्गमिटर, मिमा शाहीले २ सय ४२ बर्गमिटर र भरत शाहीले १ सय ५७ बर्गमिटर जग्गा बिद्यालयको नाममा निःशुल्क नामसारी गरेर उदहारणीय बन्न सफल भएका छन् ।

आफना छोराछोरीलाई घरमै गुणस्तरीय पढाई होस् सातु सामल झोलामा बोकेर जिल्लाबाहिर पढन जानु नपरोस् भन्ने उद्धेश्यका साथ जडेपानी गाउँका स्थानीयले माध्यमिक बिद्यालयको नाममा निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

बिद्यालयको भौतिक सम्पती बृद्धि गर्न र आफ्ना छोराछोरीलाई पढन सजिलो बाताबरण बनाउन गाउँले मिलेर ११ रोपनी जग्गा माध्यमिक बिद्यालयलाई चन्दा दिएको जग्गाधनी मेलबहादुर शाहीको भनाई छ ।

घरमै गुणस्तरीय शिक्षा हासिल होस् भन्ने हिसावले भोकचलन गर्दै आएको खेतीयोग्य जग्गा बिद्यालयको नाममा नामसारी गर्नु परेको उनको भनाई छ ।

एक रुपैया नलिएर ११ रोपनीजग्गा स्कुललाई दान गरेको जडेपानीगाउँकै अर्का समाजसेवी नरबीर शाहीले सुनाए । लाखौ मूल्यको जग्गा स्कुलले निःशुल्क पाएपछि शैक्षिक स्थिति प्रभावकारी हुनेछ भन्ने आशा गरेको समाजसेवी शाहीको भनाई छ । पहिले यस माध्यमिक बिद्यालयको नाममा जग्गा नहुँदा भौतिक पूर्बाधारको अभाव, छात्रछात्रालाई कक्षाकोठाको समस्या तथा घेरबारको अभाव स्कुलले खेप्दै आएको जनज्योति माध्यमिक बिद्यालयका विद्यालय ब्याबस्थापन समितिका सदस्य पूर्णबहादुर मल्ल बताउँछन् ।

२०३४ सालमा स्थापना भएको उक्त माध्यमिक बिद्यालयको नाममा पहिलोपटक ११ रोपनी जग्गा नामसारी भएको छ । जडेपानी गाउँका मनकारी ९ जना स्थानीयले यस बिद्यालयलाई ११ रोपनी जग्गा निशुल्क दान दिएको प्रधानध्यापक सुवास रावलले जानकारी दिए । ‘अब क क्षाकोठा बिस्तार खानेपानी, शौचालय, खेलमैदान र घेरबारको काम अघि बढाइन सहजहुने भयो । उनले भने ।

बिद्यालयको पूर्बाधार निर्माणको कामका लागि भारतीय राजदूताबास, गैरआवासीय संघसस्था, वडातह, गाउँपालिका, सरकारी कार्यालय, गैसस निकायसंग परियोजना प्रस्ताव लेखेर पेश गरि बजेट मागगर्ने प्रधानध्यापक रावलको भनाई छ ।

हाल जनज्योति माध्यमिक बिद्यालयमा इसिडि कक्षा देखि १२ सम्म पढाई हुने गरेको छ भने कुल बिधार्थी संख्या ७ सय भन्दा बढी रहेको छ । शिक्षक सहित कर्मचारीको संख्या २३ जना रहेको छ ।

यो चालु आर्थिक बर्षदेखि उक्त बिद्यालयमा सिभिल इन्जिनियर समेत पढाई सुरु गरिएको छ । फोतु, नेर, लिब्रु, नाथपु, सोरुकोट, भीई, र छिमेकी जिल्ला हुम्लाको तुम्चलगायत बस्तीबाट जनज्योति माध्यमिक बिद्यालयमा पढन आउने गरेका छन् ।

 

वि.सं.२०७७ असोज २२ बिहीवार १०:२३ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...