२२ असोज, मुगु । जिल्लामा कोरोना महामारीलाई लक्षितगरि तारादेबि शाही स्मृति प्रतिष्ठानले बुधबार दिउसो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
स्मृति प्रतिष्ठानले जिल्ला अस्पताल ठिनीलाई १ हजार पिस माक्स ५ सय लिटर सेनिटाइजर १० वटा फेससिल्ड, जिल्लाप्रहरी कार्यालयलाई १ हजार पिस माक्स र ५ सय लिटर सेनिटाइजर र नेपालपत्रकार महासंघ मुगु शाखालाई ३ सय पिस माक्स र १० वटा फेससिल्ड उपलब्ध गराएको छ ।
कोरोनामहामारीको बेला अस्पतालका स्वास्थ्यकर्मी, प्रहरी कार्यालयका सुरक्षाकर्मीलाई सजिलो होस् भन्ने हिसावले माक्स, सेनिटाइजर र फेससिल्ड प्रदानगरिएको तारादेबि शाही स्मृति प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बिक्रमशाहीले बताए ।
त्यसै गरि गमगढी बजार क्षेत्रमा ५ सय पिस माक्स बितरण गरिएको पनि उनले बताए ।
जिल्लाकार्यरत पत्रकारहरुलाई पनि समाचार संकलनको लागि हिँडडुल गर्दा कोरोना जोखिम नहोस् भन्ने हिसावले माक्स र फेससिल्ड उपलब्ध गराएको अध्यक्ष शाहीको भनाई छ ।
प्रतिष्ठानको स्वास्थ्य समाग्री जिल्ला अस्पताल जिप्रकामा हस्तान्तरण गर्न प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बिक्रम शाही, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य राजबहादुर शाही, नेपाल स्वयमसेवक युवा सगठनका अध्यक्ष सोबिन्द्र बिक्रम मल्ल, नेपाल बिधार्थी संघका नेता गेहेन्द्र शम्शेर मल्ल, लगायतका ब्यक्ति सहभागी थिए ।

वि.सं.२०७७ असोज २२ बिहीवार १०:३० मा प्रकाशित






























