back
CTIZAN AD

मिटर रिडिङ नगरी जरिवाना असुल गर्दै लालबन्दी वितरण केन्द्र

वि.सं.२०७७ असोज २२ बिहीवार

705 

shares

२२ असोज, काठमाडौं। लालबन्दी स्थीत नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले उपभोक्ताको मिटर रिडिङ नगरिकनै जरिवाना असुली गरेको छ । कोभिड–१९ का कारण गरिएको लकडाउनमा मिटर रिडिङ नगरेको वितरण केन्द्रले उपभोक्ता बाट उक्त समयको महशसुलमा थप १० प्रतिशत जरिवाना लगाएको उपभोक्ताले गुनासो गरेका छन् ।

लालबन्दी वितरण केन्द्रले लकडाउनको अवस्था अलि सहज भएपछि बिल तिर्न आउन सूचना जारी गरेपनि वितरण केन्द्रका कर्मचारीको मनलाग्दी खपत शुल्कमा जरिवानासमेत लिने गरेको लालबन्दीका उपभोक्ता श्याम लामाले बताउनुभयो । प्राधिकरणका कर्मचारीले समयमा मिटर रिडिङ नगरेको र आफूले पैसा तिर्दा मिटरमा उठेको रकमको जरिवानासमेत गरी तिर्नुपरेको उनीहरूको गुनासो छ ।

लकडाउनको शुरुवाति चरणमा समस्या आएको तर अहिले त्यो समस्या समाधान भइसकेको साथै सबै विकल्प दिइएको भए पनि उपभोक्ताले बेवास्था गरेका र सबैलाई जानकारी नभएका कारण पनि समस्या आएको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीरकुमार रायले बताए।

पहिलाको निर्णयअनुसार असोज ६ गतेपछि जरिवाना लिने भनिएको र सोहीअनुसार जरिवाना लिएको तर फेरि विद्युत् प्राधिकरणले असोज २२ गतेसम्म जरिवाना नलिने निर्णय गरेपछि बीचमा लिएको जरिवाना खपत युनिटबाट घटाउने विद्युत् प्राधिकरणले निर्णय गरेको वितरण केन्द्रका प्रमुख रायले बताए।रासस

वि.सं.२०७७ असोज २२ बिहीवार ११:२५ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...