काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसीका मागप्रति सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । सरकारी टोली र केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।
सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले गरेका छन् भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीले नेतृत्व गरेका छन् ।
सरकारी वार्ता समितिमा मैनालीसहित स्वास्थ्यका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा छन् । त्यसैगरी केसीको तर्फबाट डा. क्षेत्रीको संयोजकत्वमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा. लोचन कार्की र ओमप्रकाश अर्याल छन् ।
जनाइएअनुसार केसीले राखेका मागमा बुँदागत रुपमा छलफल हुनेछ ।
वि.सं.२०७७ असोज २२ बिहीवार ११:४० मा प्रकाशित





























