काठमाडौं । कोरोना संक्रमणको उपचार गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफुँ कोरोना संक्रमणबाट मुक्त हुँदै गएको बताएका छन् । उनले आफुँ भगवानको आशीर्वादबाट ठिक हुँदै गएको बताए ।
उनले आफुँलाई दिइएको औषधीले जादुई रुपमा काम गरेको बताए ।
A MESSAGE FROM THE PRESIDENT! pic.twitter.com/uhLIcknAjT
— Donald J. Trump (@realDonaldTrump) October 7, 2020
ट्रम्पले सबै देशवासीलाई छिट्टै कोरोनाको औषधी पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
देशवासीको नाममा सार्वजनिक गरिएको भिडियोमा राष्ट्रपति ट्रम्पले चीनलाई ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी पनि दिएका छन् । महामारी फैलाएको आरोप लगाउँदै ट्रम्पले चीनलाई त्यसको गतिलो जवाफ दिने पनि चेतवनी दिए । एजेन्सीबाट
वि.सं.२०७७ असोज २२ बिहीवार १२:३२ मा प्रकाशित





























