back
CTIZAN AD

राजकुमारीलाई घर छोड्न २१ दिने आदेश !

वि.सं.२०७७ असोज २२ बिहीवार

648 

shares

काठमाडाैं । रक्षामन्त्री ईश्वर पोखरेलले राजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई आफू बस्दै आएको घरबाट बलपूर्वक निकाल्न मातहतका कर्मचारीलाई आदेश दिएका छन् । नेपाल ट्रस्ट सूत्रबाट प्राप्त जानकारीअनुसार प्रेरणालाई घरबाट २१ दिनभित्र निस्कन आदेश दिइएको पत्र असोज ५ गते बुझाइएको छ र, यो अवधिभित्र घर नछोडे बलपूर्वक घरबाट निकाल्न मन्त्री पोखरेलले निर्देशन दिएका हुन् । यही असोज २६ गते पत्र बुझाएको एक्काइस दिन पूरा हुँदैछ र, त्यसपछि प्रहरी लगाएर राजकुमारी प्रेरणालाई घरबाट निकाल्ने तयारी गर्न पोखरेलले आफ्ना कर्मचारीलाई निर्देशन गरिसकेका छन् ।

आफ्ना पिता तत्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट दाइजोमा प्राप्त हुन आएको छाउनीस्थित घर (विजया बास)मा प्रेरणा आफ्ना पतिका साथ विगत दुई दशकदेखि बस्दै आएकी छिन् । नेपाल सरकारले विजयाबाससमेतलाई सरकारीकरण गर्ने निणय लिएपछि प्रेरणाले आफू नयाँ घर बनाएर सर्ने निर्णय लिएकी थिइन् र, उनकाे घर निर्माणको चरणमै छ ।

कोरोनाका कारण ‘लक्डडाउन’ शुरु भएपछि निर्माण कार्य रोकिएको र त्यसपश्चात उनले घरको निर्माण कार्य सम्पन्न हुनेवित्तिकै आफूले विजया बास छोड्ने जानकारी गराउँदै बढीमा एक वर्ष उक्त घरमा बसोबास गरी पाउन नेपाल ट्रष्टमा मागसहित निवेदन दिएकी थिइन् । निवेदनमा प्रेरणाले कोभिड–१९ का कारण निर्माणमा ब्यवधान पैदा भएकोले आगामी एक वर्षसम्म आफ्नो उक्त घरमा बसोबास गर्न दिइनुपर्ने माग गर्नुभएको थियो । तर रक्षामन्त्री ईश्वर पोखरेल राजकुमारी प्रेरणाको निवेदनप्रति सकारात्मक छैनन् ।

‘लक्डडाउन’को यो अवस्थामा घरभाडामा बस्नेहरूलाई यथावत रहन दिनुपर्ने र बलजफ्ती कसैले घरबाट निकाल्न खोजे त्यस्तो घरधनीलाई कडा कानूनी कारबाही गर्ने भनी सरकारले निर्णय गरेको छ । यस अवधिमा भाडा नबुझाएको भन्दै घरबाट निकाल्ने कैयन घरधनीहरूलाई सरकारले कारबाही पनि गरिरहेको छ । तर ईश्वर पोखरेलले भने दुई दशकदेखि बसोबास गर्दै आएको घरबाट राजकुमारीलाई निकाल्न कडा आदेश दिनु आश्चर्यको विषय भएको छ ।

नेपाल ट्रस्टको एक सूत्रले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेरणालाई बढीमा एक वर्षसम्म विजयाबासमै रहन सक्ने व्यवस्था गरिदिन परामर्श गरेका थिए । तर, ईश्वर पोखरेलले प्रधानमन्त्रीको सल्लाहलाई पनि ठाडै इन्कार गरे र, एक्काइस दिनभित्र घर छोड्न पत्र पठाउँदै नछोडे बलपूर्वक निकाल्न आदेश दिए । नेपालीहरूको महान पर्व दशैँको मुखमा राजकुमारीलाई घरबाट निकाल्न मन्त्री पोखरेलले केसम्म गर्नुहुने हो जिज्ञाशा र प्रतीक्षाको विषय बनेको छ ।

छाउनीस्थित उक्त घरजग्गा राजा त्रिभुवनले आफ्नी अविवाहिता छोरी विजया राज्यलक्ष्मी शाहलाई किनि दिएका थिए । बहुचर्चित गायक योगेश्वर अमात्यका बाबुसँग खरिद गरिएको उक्त घर राजा वीरेन्द्रको कमाइको सम्पत्ति नभई राजपरिवारको निजी सम्पत्तिका रूपमा थियो । विजया राज्यलक्ष्मीको निधन भएपछि तात्कालिक श्री ५ महाराजाधिराज वीरेन्द्रको नाममा उक्त घरजग्गा राखिएको भए पनि सो घरजग्गा वीरेन्द्रको अङ्श नभई नभई अङ्शियारहरूको थियो र नेपाल ट्रस्टको स्वामित्वमा ल्याउने निर्णय सरकारले गरेको भए पनि अङ्श लाग्ने सम्पत्ति नेपाल ट्रस्टको मातहतमा नजाने स्पष्ट थियो । यो मुद्दा अदालतमा पुगेपछि एक पटक सर्वोच्च अदालतले प्रेरणाकै हक कायम हुने निर्णय दिएको पनि हो ।

तर पछि पहिले नेपाली काङ्ग्रेसका नेता र पछि माओवादीनिकट बनेका दुर्गा सुवेदीकी पत्नीसमेत रहेकी सुशीला कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेलगत्तै उनले न्यायालयको पूर्वनिर्णय उल्टाएर प्रेरणाको घरजग्गा नेपाल ट्रस्टको स्वामित्वमा जाने निर्णय सुनाएकी थिइन् । प्रेरणाको दाइजो सम्बन्धमा गरिएको यो निर्णयले उच्च पदमा कुनै महिला पुग्दा महिलामाथि अन्याय हुँदैन भन्ने धारणालाई निराधार सावित गरेको थियो ।

कार्कीको आदेशमाथि पूनरावलोकनका निम्ति दिइएको निवेदनमाथि पनि सुनुवाइ नभएपछि प्रेरणा घर छोड्ने निर्णयमा पुग्न बाध्य भएकी हुन् । घर निर्माण सम्पन्न भएलगत्तै छोड्ने प्रतिबद्धता जाहेर हुँदा पनि ईश्वर पोखरेलले राजकुमारीप्रति असहिष्णु व्यवहार दर्शाउँदै किन वैरभाव देखाउनुपरेको हो, आश्चर्यजनक मानिएको समाचार घटना र विचारमा छ ।

वि.सं.२०७७ असोज २२ बिहीवार १६:०७ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...