back
CTIZAN AD

यस्तो ल्याइँदै छ, चाडपर्व लक्षित गरी विशेष सुरक्षा योजना

वि.सं.२०७७ असोज २३ शुक्रवार

1.3K 

shares

२३ असोज, काठमाडौ । काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ ।

चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने भएका हुन् । सञ्चार केन्द्र नेपालले बिहिबार आयोजना गरेको दशै बजार र सुशासन विषयक अन्तरक्रियामा कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाँडै नै सरक्षा योजना कार्यान्वयनमा ल्याउने जानकारी दिए ।

आगामी कात्तिक एक गतेबाट नेपालीको महान चाड वडादशै शुरु हुँदै छ । दशैमा आपराधिक घटना बढी हुने सम्भावना भएकाले सरकारले विशेष सुरक्षा योजना लागू गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दशैमा सर्वसाधारणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्दै बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइने बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अहिलेदेखि नै बजार अनुगमन गर्नका लागि चार टोली पठाइसकेको बताउँदै कालोबजारी गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने गरी कानून बनाउन थालिएको जानकारी दिए । चाडपर्व नजिकिंदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले यसको नियन्त्रणका लागि प्रभावकारी अनुगमनको व्यवस्था मिलाएको बताउँदै उनले कोरोना भाइरस (कोभिड­ १९) को पिसीआर परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क लिने सात अस्पताल तथा प्रयोगशालालाई किन बढी शुल्क लिएको भन्दै स्पष्टीकरण समेत सोधिएको जानकारी दिए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बजारमा गुणस्तरहीन औषधि उत्पादन गर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको बताउँदै गुणस्तरहीन स्यानीटाइजर बनाउने २० वटा कम्पनीलाई कारवाही गरिएको जानकारी दिए ।

काठमाडौं प्रहरी परिसरका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार पारी कार्यान्वयनमा ल्याउन थालिएको बताउँदै सुरक्षा व्यवस्थालाई अझ बढी सबल र सुदृढ बनाउन बढी भीडभाड हुने बजार र वित्तीय क्षेत्रलगायत स्थानमा सादा पोशाकका प्रहरी परिचालन गर्ने जानकारी दिए । उनले प्रहरीलाई सूचना आउना साथ कालोबजारी गर्ने व्यापारी र यौनजन्य क्रियाकलापन संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले यात्रुलाई सहजताका लागि चाडपर्वको समयमा १० ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी दिँदै यात्रुबाट बढी भाडा लिए नलिएको अनुगमन गर्नका लागि आठ वटा टोली खटाइएको र ती टोलीले बसमा बसेर भाडाको अनुगमन गर्ने बताए । बुधबार मात्रै बढी भाडा लिने पाँच जना र आज पनि पाँच जना गाडीलाई कारवाही गरिएको उनले बताए ।

साल्ट ट्रेडिङ कर्पोरेशनका प्रबन्धक बज्रेश झाले भक्तपुर, जडीवुटी, पाटन, कालिमाटी र सतुंगलमा सहुलियत दरका पसल सञ्चालन गरिएको जानकारी दिदैं दैनिक तीनवटा गाडीमार्फत माइकिङ गरेर उपभोक्तालाई खाद्यान्न पु¥याइरहेको बताए । उनले चिनी अहिले कर्पोरेशनसँग ८०० मेट्रिक टन मात्र भएकाले चाडपर्वका लागि थप २० हजार मेट्रिक टन आउन थालेको जानकारी पनि दिए । (रासस)

वि.सं.२०७७ असोज २३ शुक्रवार ०८:४३ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...