२३ असोज, काठमाडौं । वर्ल्ड लिंक र फेसबुकको सहकार्यमा नेपालमा एक्सप्रेस वाईफाई सेवाको सुरु भएको छ । कूल ७ हजार ५ सय स्थानमा वाईफाई दिने लिंकले फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु गरेको छ ।
कार्यक्रममा भर्चुअल पत्रकार सम्मेलन मार्फत नेपालमा ७ हजार ५०० स्थानमा एक्सप्रेस वाईफाई सेवा दिने घोषणा गरेको हो । यस्तो वाईफाई सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुने छ ।
फेसबुकले यस्तो वाईफाई सेवाको लागि आवश्यक पूर्वाधार सेवा वर्ल्ड लिंकलाई उपलब्ध गराउने छ । वाईफाई सेवा उपलब्ध गराउनको लागि मोबाइल नम्बर राखेपछि कोर्ड प्राप्त हुन्छ र त्यो रजिष्ट्रर गरेपछि वाईफाई सेवा प्रयोग गर्न सकिने छ ।
वि.सं.२०७७ असोज २३ शुक्रवार १४:२० मा प्रकाशित






























