२३ असोज, काठमाडौं। खोटाङका मेघराज राईलाई २ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका-७ सल्लेनी घर भएका उनले अबैध रुपमा राखेको बन्दुक उनकै घरवाट बरामद गरेको हो ।
त्यस्तै डोटी, बोगटान फुडसिल गाउँपालिका-३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मालाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । चवराचौतारा डोटी प्रहरी चौकी बाट खटिएको प्रहरीले उनको घर बाट उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।
वि.सं.२०७७ असोज २३ शुक्रवार १५:४७ मा प्रकाशित





























