back
CTIZAN AD

मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा

वि.सं.२०७७ असोज २३ शुक्रवार

915 

shares

२३ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

कोभिड–१९ को माहामारीका बीचमा महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले खोजी गरी फेला परेको मोटरसाइकल आज एक समारोहका बीच धनीलाई हस्तान्तरण गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चावी हस्तानतरण गर्दै सवारी साधन पार्किङमा राखिएको छ भनेर मात्रै ढुक्क नहुन आग्रह गरेका छन ।

उपत्यकाका नयाँबसपार्क, ठमेल, लाछिटोल, बोडे, सूर्यविनायक, वसुन्धारा, वनस्थली, नयाँबानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, इमाडोल, जडीबुटी, वनकाली, जोरपाटी र पुतलीसडकबाट ती मोटरसाइकल हराएको थियो ।

एकान्त ठाउँको पार्किङस्थल, घरको गेटबाहिर वा अस्पताललगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगर्दा, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नहुँदा, घरमा पार्किङ गरेको भनी लापर्वाही वा असुरक्षित पार्किङ गर्दा मोटरसाइकल चोरी हुने गरेको ढकालले बताएका छन। उनले भने, “चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा ‘लस्ट भेइकल एप्लिकेशन’मा लगइन गरेर निवेदन दिन सक्नुहुन्छ ।”

उनले सवारी साधनलाई चोरी हुनबाट जोगाउन अतिरिक्त लक प्रयोग गर्न, अलरामलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न र एकै छिन त हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए ।

महाशाखाले आर्थिक वर्ष २०७६/७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक जितेस दाहालले जानकारी दिए । बन्दाबन्दीपछि हालसम्ममा पनि ६४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको महाशाखाले जनाएको छ । रासस

वि.सं.२०७७ असोज २३ शुक्रवार १५:४८ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...