back
CTIZAN AD

अत्यावश्यक बाहेकका सेवा बन्द

वि.सं.२०७७ असोज २३ शुक्रवार

618 

shares

२३ असोज, बनेपा । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि काभ्रेपलाञ्चोक जिल्लाका दुई सरकारी कार्यालय र दुई स्थानीय तहका सेवा बन्द गरिएका छन् । जिल्ला स्वास्थ्य, मालपोत कार्यालय तथा मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् ।

मालपोत कार्यालय धुलिखेलले आज सार्वजानिक सूचना जारी गर्दै यही असोज ३० गतेसम्मका लागि नियमित सेवा स्थगित भएको जनाएको छ । स्वास्थ्य कार्यालयले पनि कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना पुष्टि भएको जनाउँदै आजबाट अर्को सूचना जारी नभएसम्मको लागि आन्तरिक काम मात्रै सञ्चालन हुने कार्यालयका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले जानकारी दिए ।

त्यसैगरी मण्डनदेउपुर नगरपालिकाले पनि विहीबार सूचना जारी गरी नगरपालिका भित्रका विभिन्न वडामा कोरोना पुष्टि भएकाले नगरपालिकाको कार्यालय सहित सबै वडा कार्यालय, विद्यालय तथा सम्पूर्ण कार्यालय एवम् गैह्र सरकारी संघ/संस्थाहरुबाट हुने काम समेत बन्द भएको जनाएको छ । नगरपालिकाले नगरभित्र हुने कुनैपनि तालिम, भेला, जमघटमा समेत रोक लगाउनुका साथै बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्री बाहेकका होटल, पसल तथा व्यवसाय समेत बन्द गराएको छ ।

जिल्लाको रोशी गाउँपालिकाले पनि गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि गत आइतबारदेखि अनिश्चित कालका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना पुष्टि भएकाले सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा र विद्युतीय माध्यमबाट हुन सक्ने सेवा भने सञ्चालन हुने जनाएको छ ।

वि.सं.२०७७ असोज २३ शुक्रवार १८:०९ मा प्रकाशित

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...